- १० श्रावण २०८०, बुधबार १३:४३
काठमाडौंमा नाबालिगमाथि बलात्कार गरेको आरोपमा एक जना पुरूष पक्राउ परेका छन्।
मंगलबार दिउँसो प्रहरीले बलात्कार आरोपमा नागार्जुन नगरपालिका-२ पाँचधारा घर भई वडा नम्बर ६ फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जनलाई पक्राउ गरेको हो।
उनले १३ वर्षीया नाबालिगलाई नागार्जुन-४ सीतापाइलास्थित पार्किङमा राखेको बसमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ। बसको नम्बर खुलेको छैन।
प्रहरीका अनुसार घटना गत असार ३० गते भएको थियो। बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी वृत्त स्वयम्भूको टोलीले महर्जनलाई पक्राउ गरेको हो।
प्रहरीले उनीमाथि म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्