- १५ असार २०८०, शुक्रबार ११:२६
असार १५, काठमाडौँ । हालैका वर्षहरूमा धर्म आत्म-पहिचानको लागि एक महत्त्वपूर्ण सामाजिक परिवर्तन भएको छ । नेपाल धर्मनिरपेक्ष राज्य बन्नु अघि २४० वर्ष (१७६९-२००६) को अवधिमा हिन्दू धर्म विशेष गरी शाह शासकहरूको लागि देशमा शासन गर्नको लागि दार्शनिक मार्गदर्शिका बनेको थियो । यद्यपि विभिन्न धार्मिक समूहहरू वर्षौंदेखि हिन्दू धर्मको साथमा पनि देखिएका थिए ।
२०११ को जनगणना अनुसार देशभित्र विभिन्न १० वटा धर्म मान्ने व्यक्तिहरू रहेको देखाएको छ । नेपालको कुल जनसङ्ख्याको ८१.४ प्रतिशत हिन्दू, त्यसपछि क्रमश बौद्ध (९.०%), इस्लाम (४.४%), किरात (३.०%), ईसाई (१.४%), प्रकृत (०.५%), वोन (०.०५%)। जैन (०.०१%), बहाई (१,२८३ मात्र)र शिख (६०९ मात्र) धर्मालम्बीहरु छन् । ६१,५८१ वा ०.२३ प्रतिशत व्यक्तिहरुले आफ्नो धर्म खुलाएको पाइएन ।
सन् १९५२/५४ को जनगणना पछि हरेक जनगणनामा विभिन्न प्रकारका धर्म मान्ने मानिसको संख्या बढेको छ । सन् २००१ को जनगणनाको तुलनामा सन् २०११ को जनगणनामा दुई थप धार्मिक समूहहरू थपिएका थिए: प्रकृति र बोन जुन तिब्बत र नेपालको पुरानो धर्म मानिन्छ । साथै पहिचान नभएका अन्य धार्मिक समूहहरू पनि २०११ को जनगणनामा सूचीबद्ध गरिएको थियो किनभने धेरै उत्तरदाताहरूले उनीहरूले अँगालेको धर्म पहिले नेपालमा पहिचान भएको थिएन।
विगत ७० वर्षमा सबै धर्म अगाल्ने मानिसहरूको पूर्ण संख्या बढेको पाइन्छ । तर सन् १९८१ को जनगणनामा हिन्दू जनसंख्याको प्रतिशत विस्तारै घट्दै गएको देखिन्छ । जनगणना वर्ष सन् १९९१ र सन् २००१ को बीचमा हिन्दू जनसंख्या ५.९ प्रतिशतले गिरावट भएता पनि जनगणना २०११ मा हिन्दूको जनसंख्याको ०.७ प्रतिशतले बढेको देखिन्छ ।
पछिल्लो जनगणना सन् २०२१ अनुसार विगत १० वर्षमा हिन्दूको जनसंख्या ८१.२ प्रतिशत (लगभग ०.१ प्रतिशत घटेको), बुद्ध धर्म मान्नेहरुको ८.२ प्रतिशत (लगभग ०.८ प्रतिशत घटेको) पाइन्छ भने ईस्लाम धर्मालम्बीको संख्या ५.१ प्रतिशत (लगभग ०.७ प्रतिशत बढेको), किरात धर्म अगाल्ने ३.२ प्रतिशत (लगभग ०.२ प्रतिशत बढेको), ईसाई धर्मालम्वीहरु १.८ प्रतिशत (०.४ प्रतिशत वृद्धि भएको) पाइन्छ ।
सन् १९५२/५४ को जनगणनामा समेत रिपोर्ट नगरिएका ईसाईको जनसङ्ख्या सन् १९६१ मा ४५८ मात्र थियो तर जनगणना सन् २००१ सम्म आइपुग्दा यस्को जनसंख्या १०१,९७६ पुग्यो। दुई जनगणना सन् १९९१ र सन् २००१ बीचमा ईसाई अनुयायीहरूको संख्या २२६ प्रतिशतले वृद्धि भएको थियो । त्यसै गरी ईसाई धर्मका अनुयायीहरू जनगणना सन् २००१ र सन् २०११ को अवधिमा २६८.४ प्रतिशत अर्थात कुल संख्या २७३,७२३ पुगेको थियो तर ईसाई धर्मसँग सम्बन्धित संस्थाहरुले त्यसबेला कम्तिमा ८००,००० भएको अनुमान गरेका थिए । यिनै संस्थाहरुले सन् २०२१ मा ईसाई धर्म मान्नेको संख्या तीस लाख पुग्न सक्ने अनुमान गरेको थिए। सन् २०२१ मा सम्पन्न जनगणनाको अन्तिम नतिजाले ईसाई धर्म मान्नेहरुको संख्या २३९,५७४ वृद्धि भई कूल ५१३,२९७ मात्र देखाएकोले ३० लाखको दाबी असत्य भएको प्रमाणित भएको छ ।










प्रतिकृया दिनुहोस्