- १५ जेष्ठ २०८०, सोमबार १७:४७
जेठ १५, काठमाडौं । गाेकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल र उप प्रमुख सान्नानि लामाले संयुक्त रूपमा खाद्य, शैक्षिक सामग्रीहरू वितरण गरेका छन् ।
गाेकर्णेश्वर ४ भगवतीथानमा रहेकाे अपाङ्ग पुर्नस्थापना केन्द्र नेपाललाई एक विशेष कार्यक्रम आयोजना गरी खाद्य सामग्री शैक्षिक सामग्री,आवास व्यवस्थापन सामाग्री, कम्प्युटर र संस्था
स्वास्थ्य सामाग्रीहरू वितरण गरिएको हाे ।
सामग्री वितरण गर्दै नगर रिसालले अपाङ्ग पुर्नस्थापना केन्द्र गरिरहेकाे कार्य अत्यन्तै राम्रो र मानवीय भएकोले मेराे यस्तो कार्य कार्यक्रममा सधैं साथ र सहयोग रहने र नगरपालिकाकाे तर्फबाट पनि आगामी दिनमा निरन्तर साथ र सहयोग रहने मुरा बताएका थिए । सधैं गरि उप प्रमुख सान्नानी लामाले सुरूवातदेखि नै याे संस्थालाई आफ्नो साथ र सहयोग रहिआएको र यसकाे विकास र यहाँ बस्ने अपाङ्ग बालबालिकाहरूकाे लागि आफू निरन्तर सहयोग गर्न तत्पर रहेकाे बताएकी थिइन् ।
गाेकर्णेश्वर नगरपालिकाले अपाङ्ग पुर्नस्थापना केन्द्रमा बस्ने असक्त र अपाङ्ग बालबालिकाहरूलाई खाद्यान्न सामग्री, शैक्षिक सामग्रीहरू कवि, किताब, पेन, कम्प्युटर, सुत्ने वेड, प्रिन्टर , ह्यीलचियर, वैशाकी लगायतका महत्त्वपूर्ण र अति आवश्यक सामग्रीहरू केन्द्रलाई हस्तान्तरण गरेकाे छ ।
कार्यक्रममा अपाङ्ग पुर्नस्थापना केन्द्रलाई नगरपनलिका र स्थानीय महिला दिदिबहिनीहरूले अत्यन्तै धेरै साथ र सहयोग गरिरहनु भएकोमा केन्द्रका अध्यक्ष सुर्य बहादुर लिम्बूले खुसि व्यक्त गर्दै यस्तै किसिमकाे साथ र सहयोग समाज र नगरपालिकाबाट अपेक्षा गरिरहेकाे अध्यक्ष लिम्बूले वताएका थिए । साथै सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद ज्ञापन समेत गरेका थिए ।













प्रतिकृया दिनुहोस्