- ६ जेष्ठ २०८०, शनिबार १५:४७
जेठ ६, काठमाडौं । समाजवादी प्रेस संगठन नेपाल काठमाडौं शाखाकाे अध्यक्षमा पुन: भिमलामा चयन भएका छन् ।
शनिबार नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीकाे केन्द्रीय कार्यालय आलाेक नगरकाे सभाहलमा आयाेजना गरिएको प्रथम जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा भिम बहादुर लामाकाे नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्य समितिकाे चयन गरिएको हाे ।

नेपाल सरकारका भाैतिक पूर्वाधार एवं यातायात मन्त्री प्रकाश ज्वाला प्रमुख अतिथिको रूपमा उपस्थित भई सम्पन्न भएको प्रथम जिल्ला अधिवेशनमा उनले नेपालकाे पत्रकारिता गतकाे ईतिहासलाई सम्झदै नेपालमा संघिय लाेकतान्त्रिक गणतन्त्र स्थापनका लागि महत्त्वपूर्ण याेगदान पुर्याएकाे कुरा बताए ।

नेपालकाे हरेक परिवर्तन पत्रकारहरू विना सम्भव नभएको र पत्रकार प्रेस संगठनहरूले अत्यन्तै सम्माजन कार्य गरेकाे उल्लेख गरे । उनले आफ्नो पार्टीको जनसंगठन भएकोले समाजवादी प्रेस संगठनलाई हरेक किसिमकाे साथ र सहयोग गर्ने र पत्रकारहरूकाे वृद्धि र विकासका लागि पनि सरकारकाे तर्फबाट हुने सहयोगहरू पनि गर्नका लागि तत्पर रहेकाे कुरा बताएका थिए ।
प्रथम अधिवेशनले पत्रकारहरूकाे वृद्धि विकास र हक हितका लागि , सुचना विभागले प्रेस स्वतन्त्रता माथि लगाउन खाेजेकाे अंकुश , न्युनतम पारिश्रमिक निर्धारण, विज्ञापन बाेर्डकाे पछिल्लो निर्णयहरूकाे विराेध गर्दै ध्यानाकर्षण गराउने समसामयिक प्रस्ताव समेत पारित गरेकाे छ ।
अधिवेशनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शान्तराम विडारी, समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठ लगायत एकीकृत समाजवादीका नेता तथा कार्यकर्ता र पत्रकारहरूकाे महत्त्वपूर्ण उपस्थिति रहेको थियोे ।











प्रतिकृया दिनुहोस्