- १७ चैत्र २०७९, शुक्रबार २२:२९
चैत्र १७, धनगढी । प्राज्ञिक विद्यार्थी परिषद्को नवौँ राष्ट्रिय अधिवेशनकाे सम्पूर्ण तयारी पूरा भएको छ । शनिबार धनगढीमा हुने विद्यार्थी परिषद्काे नवाैँ राष्ट्रिय अधिवेशनकाे सम्पूर्ण तयारी पूरा भएको परिषद्ले। जनाएको छ । महालेखा परीक्षक टंकमणि शर्माले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
तीन दिनसम्म सञ्चालन हुने अधिवेशनमा देशभरबाट करिब एक हजार विद्यार्थी सहभागी हुने परिषद्का महासचिव छितराज न्यौपानेले जानकारी दिए । ‘अधिवेशनमा देशको वर्तमान शैक्षिक अवस्था सुधारका लागि शैक्षिक प्रस्ताव, वर्तमान सामाजिक, आर्थिक एवम् राजनीतिक अवस्थालाई लिएर समसामयिक प्रस्ताव र आत्मनिर्भर अर्थतन्त्रसम्बन्धी प्रस्ताव पारित गरिने छन्,’ उनले भने ।

अधिवेशनमा नयाँ कार्यसमिति चयनसँगै विद्यार्थी परिषद्को कार्यविस्तार एवम् विभिन्न सांगठनिक विषयमा समेत छलफल हुने आयोजकले जनाएको छ । नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर चिरञ्जीवि शर्माले आत्मनिर्भर अर्थतन्त्रबारे धारणा राख्ने कार्यक्रम छ ।










प्रतिकृया दिनुहोस्