- ८ चैत्र २०७९, बुधबार १३:१०
काठमाडौ । विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा छात्रवृत्तिका लागि दरखास्त माग गरेको छ ।आयोगले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७९/८० मा स्नातक–स्नातकोत्तर तहका प्रथम वर्षमा भर्ना भई अध्ययनरत इच्छुक विद्यार्थीहरूका लागि छात्रवृत्ति सम्बन्धी दरखास्त फाराम भर्न आव्हान गरेको हो ।
आयोगले शिक्षामा पहुच अभिवृद्धिका लागि दलित, आर्थिक रूपले विपन्न, अपाङ्गता भएका, मुक्त कमलरी र मुस्लिम महिला साथै लोकतान्त्रिक परिवर्तनका लागि भएका जनआन्दोलन, सङ्घर्ष तथा क्रान्तिका क्रममा सहिद भएका तथा द्वन्द्वपीडितका छोराछोरी, सशस्त्र द्वन्द्वका समयमा मुत्यु भएका व्यक्तिका आश्रित छोराछोरीबाट आवेदन माग गरेको सुचनामा जानकारी दिएको छ।
विश्वविद्यालय अनुदान आयोग कार्यक्रम कार्यविधि, २०७९ अनुरूप उच्च शिक्षामा पहुँच अभिवृद्धिका लागि छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रमअनुरूप न्यूनतम योग्यता पूरा गरेका विद्यार्थीलाई दरखास्त फारम भर्न सूचित गरेको छ ।
यस्तो छ सूचना ।

आयोगका अनुसार विद्यार्थीहरुले २०७९ चैत २८ गते कार्यलय समय भित्र आयोगको वेबसाईट www.egcnepal.edu.np मा भएको SCHOLARSHIP मा क्लिक गरि छात्रवृत्तिका लागी अनलाइन दर्खास्त दिन सक्नेछन।










प्रतिकृया दिनुहोस्