- २५ फाल्गुन २०७९, बिहीबार २०:०६
फागुन २५, पाेखरा । पाेखराकाे पृथ्वीनारायण क्याम्पसकाे लापरबाही बिरूद्व स्वतन्त्र विद्यार्थी समुहका विद्यार्थी नेताहरू रातिसम्म क्याम्पस प्रमुखकाे कार्यकक्षमा धर्नामा बसेका छन् ।
क्याम्पस प्रशासन र निर्वाचन अधिकृतले मनाेमानि ढङ्गले आफुहरूले दर्ता गराएको संगठनकाे नाम विनाकारण परिवर्तन गरेर संघ /संगठनकाे दर्ता नामावली लिष्ट सार्वजनिक गरेकाेले क्याम्पस प्रमुखकाे कार्यकक्षमा धर्ना दिएकाे स्वतन्त्र विद्यार्थी समुहकाे सदस्य एवम् स्ववियु सचिव पदका उम्मेदवार विप्लवि न्याैपाने शिक्षा संचारलाई बताएकी छिन् ।
उनका अनुसार आफुहरूले संगठनकाे नामावली पुन: स्वतन्त्र विद्यार्थी समुह नै राखेर प्रकाशन गर्नका लागि क्याम्पस प्रमुख र निर्वाचन अधिकृतलाई माग गर्दा पनि अन्नसुना गरेकाे भन्दै क्याम्पस प्रमुखकाे कार्यकक्षमै धर्ना दिएकाे जानकारी दिइन।
यस समस्याको समाधान गर्नका लागि पटक पटक बैठक बस्दा अनेरास्ववियु बाहेक अन्य विद्यार्थी संगठनका नेताहरू साेही नाम राख्न तयार भएकोले २६ गते बिहान ८ बजे सम्म प्रशासन र निर्वाचन अधिकृत र सर्वदलीय संगठनले सहमति जुटाएर स्वतन्त्र विद्यार्थी समुह नै राख्ने चर्चा चलिरहेको पनि उनले बताइन् ।
यदि त्यसाे नभएकाे खण्डमा अदालत जाने पनि तयारी भइरहेको जानकारी दिएकि छिन् । पिएन क्याम्पस स्वतन्त्र विद्यार्थी समुहले स्ववियु अध्यक्ष , सचिव र काेषाध्यक्ष पदाका उम्मेदवारहरूकाे नामावली पनि फाइनल भईसकेकाे छ ।











प्रतिकृया दिनुहोस्