- २९ पुष २०७९, शुक्रबार २०:३३
पुस २९, बारा । राष्ट्रिय परिचय पत्र बनाउने कार्य निजगढमै शुरु भएसँगै विवरण संकलन गर्ने कार्य तिब्र रूपमा अगाडि बढेकाे छ ।
केही समय अगाडिदेखि निजगढ नगरपालिका आफैंले राष्ट्रिय परिचय पत्रकाे विवरण भर्ने कार्य सुरुसँगै विवरण भर्ने कार्य अगाडि बढिरहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले संचालन गरेको राष्ट्रिय परिचयपत्रको विवरण दर्ता स्टेशनमा पौष २८ गते विहिबार सम्ममा २६१ जनाको विवरण संकलन भएको छ ।
नगरपालिका कार्यालयले आइतवारबाट संचालनमा ल्याएको दर्ता संकलन स्टेशनमा स्थानीयले १० दिनभित्र सो संख्यामा विवरण बुझाएका हुन । नगरपालिकाले प्राविधिक कर्मचारीसहितको दर्ता स्टेशन स्थापना गरेर राष्ट्रिय परिचयपत्र निर्माणको लागि विवरण संकलन गर्ने कार्य सुरु गरेको हो । दर्ता स्टेशनबाट राष्ट्रिय परिचयपत्र निर्माणसम्बन्धि सबै काम हुने दर्ता स्टेशनका रुजु अधिकारीक निजगढ नगरपालिकाका सूचना प्रविधि अधिकृत प्रमोद न्यौपानेले बताउनुभयो ।










प्रतिकृया दिनुहोस्