- ३ पुष २०७९, आईतवार ०८:३५
काठमाडौ । बूढानीलकण्ठ नगरपालिकाको कपन क्षेत्रमा रहेको कपन जोरधारा खानेपानी संरक्षण संस्थाको खानेपानी सेवा बन्द भएपछि समाधानार्थ भन्दै पिडित उपभोक्ताहरु ,पोइन्ट प्रतिनिधिहरु, स्थानीय जनप्रतिनिधिहरु सहित सरोकारवालाहरु बीच छलफल एबम अन्तर्कृया कार्यक्रमको आयोजना गरिएको छ । बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा बूढानीलकण्ठ -१२ स्थित इभरशाइन पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा तत्काल बोरिङ खन्न शुरु गर्ने र दीर्घकालीन समाधानको लागी महान्कालबाट खानेपानी संस्थानको पानी जोड्न समेत पहल शुरु गर्ने बिषयमा छलफल भएको छ ।
बूढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी,वडा नं १० का अध्यक्ष नवराज भट्टराई,वडा नं ११ का अध्यक्ष राजु अधिकारी ,वडा नं १२ का अध्यक्ष शम्भु भट्टराई, स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार बिनोद चालिसे,संस्थाका पुर्व अध्यक्ष धुर्वराज न्यौपाने सहित विभिन्न पोइन्ट प्रतिनिधिहरुको उपस्थितिमा भएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ठाकुर प्रसाद खकुरेल तथा महासचिव कुमार कसजु श्रेष्ठले संस्थाले भोगेको समस्या र गतिविधिहरुका वारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख मिठाराम अधिकारिले तत्काल खानेपानीको सेवा सुचारु गर्न सबै किसिमको सहयोग गर्न बूढानीलकण्ठ नगरपालिका तयार रहेको बताएका थिए ।कपन जोरधारा खानेपानी संरक्षण संस्थामा देखिएको समस्याको तत्कालिन र दीर्घकालीन समाधानका लागि सहयोग गर्न विशेष समिति गठनको प्रस्ताव नगर प्रमुख अधिकारीले राखेका थिए ।
बूढानिलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले संचालन गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता एबम स्थानीय निर्वाचनमा नगर प्रमुख पदका उम्मेदवार बिनोद चालिसेले खानेपानी जस्तो संवेदनशील विषय रहेकोले सबै जिम्मेवार बन्नु पर्ने भन्दै स्थानीय सरकारले आफ्नो भुमिका निर्बाह गर्न नसके आफूहरु जिम्मेवारी बहन गर्न तयार रहेको बताएका थिए । नेपाली काङ्ग्रेसले आर्थिक स्रोत व्यवस्थापन गरेर भएपनि जोरधारामा पानीको व्यवस्थापन गर्ने दावी उनले गरेका थिए ।
केहि व्याक्तीहरुको बिरोध र अवरोधका कारण यस संस्थाले गर्ने भनेको डिप बोरिङ अगाडि बढ्न सकेको छैन भने उपभोक्ताले महिनौ देखी पानी पाउन सकेका छैनन् ।










प्रतिकृया दिनुहोस्