- २ पुष २०७९, शनिबार १५:३९
पाैष २, काठमाडौं । सांसद गगन कुमार थापाले संविधानकाे मर्म विपरीत राष्ट्रपति बनाउने कसैकाे चेष्टालाई कधापी साथ दिन नहुने बताएका छन् ।
उनले नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नम्बर ४ ख काे आयोजना भएको बधाई, सम्मान तथा धन्यवाद कार्यक्रममा थापाले “अहिले सरकार बनाउनका लागि छलफल भहेकाे र राष्ट्रपतिकाे बिषयमा पनि कसलाई बनाउने भनेर बहस चलिरहेकोले यश विषयमा संविधान विपरीत गएर कुनै पूर्व न्यायाधीशलाई राष्ट्रपति बनाउने हल्ला भइरहेकाेले त्याे त्यस्तो कुरा कधापी हुन नदिने बताएका हुन । उनले अब बन्ने सरकारले जनतालाई चाहे अनुसारकाे फरक किसिमकाे काम फरक याेजना, नयाँ अनुभुती , केही फरक परिवर्तन, नविनता र सकारात्मक कुराकाे महशुस गराउन सक्नु पर्ने कुरा उनले बताएका थिए । 
बधाई कार्यक्रम काठमाडौं क्षेत्र नम्बर ४ प्रतिनिधि सभा र प्रदेश सभाकाे “क” र “ख” मा प्रत्यक्ष र समानुपातिक तर्फ निर्वाचित सांसदहरू संघिय सांसद गगनकुमार थापा , प्रदेश सांसद एंगिला शेर्पा, श्रीराम लामिछाने , मिना पराजुलीलाई नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नम्बर ४ “ख” कार्यसमितिले प्रमाण पत्र प्रदान गरेर सम्मान पनि गरेकाे छ ।
कार्यक्रममा बागमती प्रदेश सभा सांसद एगिला शेर्पाले
महिलाकाे मुद्दा , विकास निर्माणकाे क्षेत्र र राेजगारीकाे क्षेत्रमा कसरी काम गर्ने त्यसकाे बिषयमा वृहत् याेजना बनाएर अगाडि बढनु पर्ने आवश्यक भएकोमा बताए । साथै श्रीराम लामिछानेले निर्वाचनकाे समयमा जसरी प्रतिब्धता गरेका थियौँ त्याे पूरा गर्न निरन्तर लाग्ने र संगठन भित्र जे जति कमिकमजाेरीहरू भएको छ त्यसमा पनि समीक्षा गर्नु पर्ने भन्दै मतदातालाई र कार्यकर्तालाई धन्यवाद व्यक्त गरेका थिए ।











प्रतिकृया दिनुहोस्