Tag: पृथ्वीनारायण शाह
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विसं १७७९ मा जन्मिएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै सधैँजस्तै आज पनि प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोकाअगाडिको पृथ्वीनारायणको […]
पूरा पढ्नुहोस्
पृथ्वीनारायण शाहबारे राष्ट्रपति र उपराष्ट्रपति : विविधतालाई एकताबद्ध बनाउने प्रमुख व्यक्तित्व
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाह आधुनिक नेपाल राष्ट्रको निर्माणकर्ता रहेको बताएका छन्। ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले पृथ्वीनारायण शाहले स-साना टुक्रामा छरिएका राज्यहरूलाई एकीकरण गरी आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको बताएका हुन्। शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले स्वर्गीय शाहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आधुनिक नेपाल निर्माणमा पृथ्वीनारायण शाहले […]
पूरा पढ्नुहोस्
पूर्वराजा ज्ञानेन्द्र शाहले गरे पृथ्वीनारायण शाहको शालिक अनावरण
पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडस्थित इकम कलेजको उद्घाटन गरेका छन्। शनिबार झापामा उनले इकम कलेजको प्राङ्गणमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका हुन्। पूर्वराजा शाहको स्वागतका लागि झापावासीको भीड रहेको थियो। पूर्वराजाको सुरक्षार्थ झापाको सुरक्षा व्यवस्था कडा बनाइएको थियो। पूर्वराजाका समर्थकहरु झापासहित इलाम, पाँचथर, ताप्लेजुङ र मोरङ, सुनसरीबाट पनि भेला भई समर्थनमा जुटेका थिए। […]
पूरा पढ्नुहोस्
३००औं पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस
नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको आज ३००औं पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस सम्पन्न्न हुदैछ । आज देशभर बिभिन्न कार्यक्रमहरु गरेर उहाँप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्ने गरिन्छ । ३००औं पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको पावन अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीजनले शुभकामना आदन प्रदान गरेर देशको गौरभ र स्वाभिमान व्यक्त गर्ने गर्दछ।
पूरा पढ्नुहोस्







