Tag: पूर्वाञ्चल विश्वविद्यालय
पूर्वाञ्चल विश्वविद्यालयको सभा : एक अर्ब ७० करोड बजेट स्वीकृत
काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयको मंगलबार सम्पन्न ४१ औ सभा बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ७० करोड १४ लाख ३० हजारको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा रजिष्ट्रार प्राडा कल्याणी मिश्र त्रिपाठीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ का प्रस्तावित आय–व्यय विवरण स्वीकृत भएको […]
पूरा पढ्नुहोस्
केआईआईटीमा समस्यामा परेका विद्यार्थीले पूर्वाञ्चलमा क्रेडिट ट्रान्सफर गर्न सक्ने
भारतको ओडिसा राज्यस्थित केआईआईटी विश्वविद्यालयमा समस्यामा परेका नेपाली विद्यार्थीहरूलाई पूर्वाञ्चल विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर गरेर पढ्न सकिने जनाएको छ । विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले विद्यार्थीहरुलाई अध्ययनको लागि समस्या नहोस भनेर उक्त निर्णय गरेको हो । प्रकृति लम्सालको मृत्यु प्रकरणमा नेपाली विद्यार्थीले आन्दोलन गरेको भन्दै केआईआईबाट विश्वविद्यालयबाट निकालिए पछि नेपाल फर्किएका तथा नेपाल आएर पढ्न चाहेका विद्यार्थीहरूलाई […]
पूरा पढ्नुहोस्
पूर्वाञ्चल विश्वविद्यालय र सिएनआईबीच समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ – पूर्वाञ्चल विश्वविद्यालय र सिएनआईबीच समझदारीपत्रमा हस्ताक्षर भएकाे छ। बुधबार पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा बिजुकुमार थपलिया र नेपाल उद्योग परिसंघ (सिएनआई) का उपाध्यक्ष बिरेन्द्र पाण्डेले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। सिएनआई र पूर्वाञ्चल विश्वविद्यालयबीच इन्डस्ट्रि एकाडेमिया सम्बन्धलाई मजबुत बनाउन नलेज, स्किल र रिसोर्सेसको आदानप्रदान गर्ने, बजारको माग अनुसार जनशक्ति उत्पादन गर्ने, नयाँ प्रविधिको अध्ययन अनुसन्धान गर्ने, ज्ञान हस्तान्तरण […]
पूरा पढ्नुहोस्
केसीसी एक्जिबिट २०२४ को शुभारम्भ
काठमाडौँ । ३२ साउन २०८१ । कान्तिपुर सिटी कलेज, पुतलीसडकले आयोजना गरेको ‘केसीसी एक्जिबिट २०२४’ को शुभारम्भ गरिएको छ । नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले रिबन काटेर प्रदर्शनीको शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रमको सभापतित्व कलेजका अध्यक्ष सुमन कटुवालले गरे । कार्यक्रमको प्रमुख अतिथिमा उपप्रधानमन्त्री प्रकाशमान सिंह र यो प्रदर्शनीले किताबी […]
पूरा पढ्नुहोस्
विश्वविद्यालयलाई पारदर्शी ढङ्गले सञ्चालन गर्न नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग्यताक्रमका आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको बताउनुभएको छ । हालै नियुक्त हुनुभएका पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिहरूले आज सिंहदरबारमा गर्नुभएको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले आफूले उपकुलपति नियुक्ति प्रक्रियालाई पारदर्शी एवं प्रतिस्पर्धात्मक बनाएको बताउनुभएको हो । पूर्वाञ्चल विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा.डा.विजुकुमार थपलिया, मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा.डा ध्रुवकुमार गौतम र सुदूरपश्चिम […]
पूरा पढ्नुहोस्
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस
काठमाडौँ , १८ चैत । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले प्रस्तुतीकरणका लागि नाम छनोट गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपति पदमा नियुक्तिको लागि यस अगाडि दरखास्त दर्ता गरेका उम्मेदवारहरू मध्येबाट दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रस्तुतीकरणका लागि नाम छनोट गरेको हो । सोच पत्र र व्यवसायिक कार्ययोजना […]
पूरा पढ्नुहोस्
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा १८ जना आकांक्षी
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि १८ जनाको आवेदन परेको छ। मोरङको सुन्दरहरैंचामा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयका हालका उपकुलपति यादवराज कोइरालाको चारवर्षे कार्यकाल यही फागुन १८ मा सकिँदैछ। सरकारले नयाँ उपकुलपति नियुक्तिका लागि आवेदन आह्वान गरेपछि १८ जना आकांक्षीले आवेदन दिएका हुन्। शिक्षा मन्त्री अशोक राईको संयोजकत्वमा गठित समितिले गएको माघ २३ मा विश्वविद्यालयको उपकुलपतिमा नियुक्ति पाउनका लागि […]
पूरा पढ्नुहोस्
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान
काठमाडौँ- पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वको छनोट तथा सिफारिस समितिले मंगलबार एक सूचना जारी गर्दै पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान गरेको हो। सिफारिस समितिले इच्छुक तथा योग्य उम्मेदवारले १५ दिनभित्र दरखास्त दिइसक्न भनेको छ।
पूरा पढ्नुहोस्
पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन आवेदन माग
काठमाडौँ , ४ पुस । पूर्वाञ्चल विश्वविद्यालयले १२ औं दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीहरूका लागि आवेदन माग गरेको छ । विश्वविद्यालयद्वारा एमफिल, स्नातकोत्तर एवम् स्नातक तहका शैक्षिक कार्यक्रमको विभिन्न समूहमा भर्ना भई सम्बन्धित तह उत्तीर्ण गरी २०७९ पौष १७ गतेदेखि २०८० पौष १५ गतेसम्म ट्रान्सकृष्ट लिइसकेका विद्यार्थीहरूलाई समारोहमा सहभागी हुनका लागि आवेदन माग गरेको हो […]
पूरा पढ्नुहोस्
पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीलाई प्राज्ञिककाे नेतृत्व विकास तालिम सञ्चालन
भदौ २२, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीहरूलाई विद्यार्थी परिषद्ले व्यक्तित्व विकास तालिम सञ्चालन गरेकाे छ । पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीको लागि जीवनोपयोगी सीपमा आधारित व्यक्तित्व तथा नेतृत्व विकास तालिम शुक्रबारबाट सुरु भएको छ । विद्याकि अधिष्ठात्री देवी सरस्वती माताकाे प्रतिमामा दीप प्रज्जवलन गरी तालिमकाे विधिवत् समुद्घाटन गरिएको छ । […]
पूरा पढ्नुहोस्







