Tag: पशुपतिनाथ
आज साउनको पहिलो सोमबार, पशुपतिनाथमा भक्तजनको भीड
काठमाडौं : आज साउन महिनाको पहिलो सोमबार। आज बिहानैदेखि पशुपतिनाथ मन्दिर पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ। साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मन्दिरमा भक्तजन बिहानदेखि पूजा एवं दर्शनका लागि लाइनमा बसेका छन्। अन्य विशेष पर्वमा जस्तै आज पनि पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि […]
पूरा पढ्नुहोस्गंगोत्रीबाट पशुपतिनाथका लागि गंगाजल लिएर टोली आउँदै
भारतको उत्तराखण्डस्थित गंगोत्रीबाट पशुपतिनाथ मन्दिरका लागि चढाइने गंगाजल लिएर एक टोली शनिबार गोरखपुर हुँदै काठमाडौं आउँदै छ। गंगोत्रीधामका प्रमुख रावल शिवप्रकाश महाराजको नेतृत्वमा १० जना सन्तहरूको टोली एक हजार एक सय लिटरको कलशमा गंगाजलको घडा लिएर आउन लागेको हो। गंगाजलबाट सोमबार पशुपतिनाथ मन्दिरमा अभिषेक हुनेछ । यसलाई गंगाजल कलशयात्रा भनिएको छ । ‘यो हाम्रो युगौँदेखि […]
पूरा पढ्नुहोस्
आज साउनको तेस्रो सोमवार, देशभरका शिवालयहरूमा भक्तजनको भिड
आज साउन महिनाको तेस्रो सोमवार, देशभरका शिवालयहरूमा भक्तजनको भिड लागेको छ। साउन महिना नै भगवान शिवको महिना रहेको भन्दै भक्तजनहरू बिहानैदेखि पूजा आराधनाका लागि शिव मन्दिर पुगेका छन्। साउन महिनाका प्रत्येक सोमवार व्रत बस्ने र शिव मन्दिरहरूमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ। साउने सोमवार सुरु भएदेखि पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खोलिएका […]
पूरा पढ्नुहोस्
पशुपतिमा हुने कोटीहोम महायज्ञका लागि ट्याक्सी र्याली
काठमाडौं । पशुपतिस्थित वनकालीमा ऐतिहासिक विशाल कोटीहोम महायज्ञको प्रचार प्रसारका लागि बृहत ट्याक्सी र्याली आयोजना गरिएको छ । सोमबार काठमाडौंको गौशलामा मानव सेवा फाउन्डेसनलगायत झण्डै एक दर्जन संघ–संस्थाको आयोजनामा साउन १ गतेदेखि एक महिनासम्म चल्ने कोटीहोम महायज्ञको प्रचारका लागि बृहत ट्याक्सी र्याली आयोजना गरिएको हो । मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, […]
पूरा पढ्नुहोस्
आज महाशिवरात्रि पर्व मनाइँदै
आज महाशिवरात्रि । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ । पशुपतिनाथसहित देशभरका अरु शिव मन्दिरमा पनि आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरुको भिड लागेको छ । पशुपति परिसर एवम् बाग्मती किनारामा गएरातिदेखि नै दर्शनार्थी एवम् भक्तजनको घुइँचो छ […]
पूरा पढ्नुहोस्
महाशिवरात्रि : पशुपतिनाथमा साधुसन्त आउन थाले
महाशिवरात्रिका लागि पशुपतिनाथ मन्दिरमा साधुसन्त आउने क्रम सुरू भएको छ । नेपालकै विभिन्न क्षेत्रका साथै भारतबाट समेत साधुसन्त आउन थालेका हुन् । यस वर्ष पशुपतिनाथमा तीन हजारभन्दा बढी साधुसन्त आउने अनुमान गरिएको छ । उनीहरुका लागि धुनी, भोजन र बाटो खर्चका पशुपति क्षेत्र विकास कोषले हरेक वर्ष बजेट छुट्याउँदै आएको छ । पशुपतिनाथ दर्शनका लागि […]
पूरा पढ्नुहोस्
पशुपतिनाथमा भूमाफियाको चलखेल, कता हरायाे मन्दिरको २३१ रोपनी १० आना रोपनी जग्गा ?
भनिन्छ–पशुपतिनाथले सबैको रक्षा गर्छन् । तर, नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकिरहेको छैनन् । देशकै प्रमुख शक्तिपिठ पशुपतिनाथ मन्दिरको २३१ रोपनी जग्गा गायब पारिएको छ । पशुपति क्षेत्र विकास कोषका तत्कालीन कोषाध्यक्ष मिलन कुमार थापाको संयोजकत्वमा गठन गरिएको छानबिन समितिले बुझाएको प्रतिवेदनले पशुपतिनाथको २३१ रोपनी १० आना जग्गा गायब […]
पूरा पढ्नुहोस्
पशुपति आरतिमा सिण्डिकेट, हिन्दु समाजको मौनता तोडिएला ?
संस्कृतिमन्त्री सुदन किराँतीले हिन्दु धर्मको विषयलाई लिएर विवादित वक्तव्य दिएको १० दिन पनि भएको छैन, त्यसको लगत्तै यो देशको ईष्टदेव पशुपतिनाथलाई नै जोडेर पुन: पशुपतिनाथमा दैनिक रूपमा हुने गरेको आरतीमाथि व्यापार गरिएको कुरा सार्वजनिक हुनु अत्यन्तै दु:खद र निन्दनीय कुरा हो । पशुपति आर्यघाट क्षेत्रको वागमती नदी किनारमा हुने गङ्गा-आरती लगायतको भिडियोको कपिराइट बूढासुब्बा […]
पूरा पढ्नुहोस्
आजको साउनको तेस्रो सोमबार, शिवालयमा भक्तजनको घुइँचो
साउन १५, काठमाडौं । आज साउन महिनाको तेस्रो सोमबार वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँदैछन्। साउने सोमबारको अवसरमा हजारौं भक्तजनले पशुपति लगायत विभिन्न शिवालयमा पूजा आराधना गरिरहेका छन् । साउन महिनाको सोमबारलाई भगवान शिवको प्रिय दिन मानिन्छ । आजको दिनमा महिलाहरुले विशेषगरी हरियो रंगका वस्त्र, चुरा र मेहंदी […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरुको पशुपतिनाथ दर्शन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार पशुपतिनाथको दर्शन गरेका छन् । शनिबार साँझ केही मन्त्रीहरुसँगै पशुपतिनाथ पुगेका उनले दर्शन गरेका हुन् । त्यस क्रममा उनले उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका थिए । प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद, उद्योग, वाणिज्य तथा […]
पूरा पढ्नुहोस्







