Tag: कृषि तथा वन विज्ञान विश्वविद्यालय
भेटेरिनरी पढने विद्यार्थीका लागि राम्रो अवसर, कृषि विश्वविद्यालयमा ५० कोटा थप
चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायमा विद्यार्थीहरुलाई अध्ययनका लागि ५० कोटा थप गरिएको छ । यसअघि, विश्वविद्यालयले सो संकायमा ५० जना विद्यार्थी मात्रै भर्ना गर्दै आएकोमा शैक्षिक सत्र २०८१/०८२ देखि भने १०० जना विद्यार्थी भर्ना गर्न पाउने भएको हो । संकायका डीन प्रा.डा. होमबहादुर बस्नेतले नेपाल […]
पूरा पढ्नुहोस्
मंसिर २९ देखि पुस ३ सम्म मेला आयोजना गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय
काठमाडाैँ – कृषि तथा वन विज्ञान विश्वविद्यालयले मंसिर २९ देखि पुस ३ गतेसम्म दोश्रो कृषि प्रदर्शनी तथा कृषक मेला- २०८१ को आयोजना गर्ने भएको छ। मेला आयोजक समितिले नारा एवं लोगो तयार गर्न विद्यार्थीविच प्रतियोगिता आयोजना गर्ने भएको छ। लोगो एवं नारा तयारीका लागि विश्वविद्यालयले कार्तिक १३ गते सम्मको मिति तय गरेको छ। निर्धारित समयमा विश्वविद्यालय अन्तर्गत विभिन्न […]
पूरा पढ्नुहोस्
कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ : प्रधानमन्त्री
काठमाडौँ, २६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा जोड दिनुुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको १३ औँ साधारणसभा बैठकलाई सम्बोधन गर्दै कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले कृषिप्रधान नेपालमा जीविकोपार्जनका लागि मात्रै गरिने परम्परागत कृषिको निर्भरता हटाएर आधुुनिक र उत्पादानमूलक कृषिमा लाग्न आग्रह गर्नुभएको हो । […]
पूरा पढ्नुहोस्
कृषि विद्यार्थी राष्ट्रिय सम्मेलन कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्रारम्भ
साउन ०४, चितवन । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले कृषि विद्यार्थी प्रथम राष्ट्रिय सम्मेलन चितवनमा प्रारम्भ गरेको छ । चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्रथम कृषि विद्यार्थी सम्मेलनकाे आयोजना गरेको हाे । परिषद्ले कृषि शिक्षा क्षेत्रको वर्तमान अवस्थाको समग्र चिन्तन र सुधारको बारेमा आगामी दिशा तयका गर्नका लागि राष्ट्रिय कृषि विद्यार्थी सम्मेलनकाे […]
पूरा पढ्नुहोस्
चितवनमा राष्ट्रिय कृषि विद्यार्थी सम्मेलन हुँदै
असार २, चितवन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले चितवनमा राष्ट्रिय कृषि विद्यार्थी सम्मेलन आयोजना गर्ने भएको छ । देशका विभिन्न क्याम्पसहरूमा वन तथा कृषि विज्ञान विषय लिएर स्नातक र स्नातकोत्तरमा अध्ययन गरिरहेका विद्यार्थीहरू बीच यही साउन ४ र ५ गते चितवनको रामपुरमा राष्ट्रिय कृषि विद्यार्थी सम्मेलनकाे आयोजना गर्न गइरहेको विद्यार्थी परिषद् कृषि विभागले जानकारी […]
पूरा पढ्नुहोस्
कृषि विश्वविद्यालयमा कृषि इञ्जिनियरिङ पढाइ हुने
चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कृषि इञ्जिनियरिङको पढाइ हुने भएको छ। विश्वविद्यालयले आउँदो शैक्षिकसत्रबाट कृषि इञ्जिनियरिङ कलेज स्थापना गर्ने निर्णय गरेको छ। विश्वविद्यालयको कृषि संकायका डिन प्रा डा अर्जुनकुमार श्रेष्ठकाअनुसार विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा ४८ जना कृषि इञ्जिनियरिङ पढाइका लागि अनुमति लिइनेछ। सुरुको वर्ष २४ जनाबाट पढाइ सुरु गर्ने उनले बताए। डिन श्रेष्ठकाअनुसार भारतलगायत देशमा अधिकांश […]
पूरा पढ्नुहोस्
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्राज्ञिककाे एकाई समिति गठन
साउन ११, चितवन। प्राज्ञिक विद्यार्थी परिषद् नेपालले कृषि तथा वन विज्ञान विश्वविद्यालयलमा इकाई समिति गठन गरेकाे छ । बिहीबार एक कार्यक्रमकाे आयोजना गरि कृषि तथा वन विज्ञान विश्वविद्यालय केन्द्रीय क्याम्पस रामपुरमा देविदत्त रोकाको संयोजकत्वमा २५ सदस्यीय विश्वविद्यालय एकाइ समिति गठन गरेकाे प्राज्ञिक विद्यार्थी परिषद् नेपालका केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्याैपानेले जानकारी दिनु भएको छ […]
पूरा पढ्नुहोस्







