प्रमुख समाचार
काठमाडौंकाे नागार्जुनमा शैक्षिक सामग्री वितरण
काठमाडौँ । सेवा र विकासका लागि युवा संस्थाको आयोजना, भारत सरकारको सहयोग तथा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा नागार्जुन नगरपालिकाभित्र रहेका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी शैक्षिक सामग्री वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थीहरूको शैक्षिक विकासमा सहयोग पुर्याउने तथा अध्ययनप्रतिको रुचि र उत्साह अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नागार्जुन नगरपालिकाअन्तर्गतका श्री जन उद्धार माध्यमिक […]
पूरा पढ्नुहोस्
एसइईको नतिजा सार्वजनिक
भक्तपुर, वैशाख २८ गते । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ सालको नतिजा भर्खरै सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीले नतिजा सार्वजनिक गरिएको जानकारी दिनुभयो । चैत २९ गते सकिएको परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने सरकारले यसअघि घोषणा गरेको थियो । नतिजाको विस्तृत विवरण आउन बाँकी रहेको छ […]
पूरा पढ्नुहोस्
एसईईको नतिजा आजै सार्वजनिक गर्ने तयारी (यसरी हेर्न सकिन्छ नतिजा)
२८ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले २०८२ चैतमा सञ्चालन गरेको एसईईको नतिजा आज साँझ सार्वजनिक गर्ने तयारी गरेको छ । आजै साँझ ५ बजे डेमो देखाउनका लागि बोर्ड सदस्यहरूको बैठक बोलाईएको र कुनै प्राविधिक समस्या नआए ७ बजेपछि सार्वजनिक गर्ने तयारी गरेको हो । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले खबर […]
पूरा पढ्नुहोस्
एसईई नतिजा सार्वजनिक गर्ने तयारी
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। सरकारले यही वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न अन्तिम ‘समयसीमा’ दिएपछि बोर्डले तीव्र गतिमा आवश्यक काम गरिरहेको हो। कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने, ‘सरकारले वैशाख २९ गतेभित्र एसइईको नतिजा सार्वजनिक गर्न अन्तिम समयसीमा दिएको […]
पूरा पढ्नुहोस्
सामाजिक सुरक्षामा शिक्षक कर्मचारीलाई समेट्न अर्थ मन्त्रालयको सहमति
काठमाडौँ- सरकारले राहत शिक्षक, संस्थागत विद्यालयका शिक्षक तथा अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गर्ने प्रक्रियालाई अघि बढाएको छ। अर्थ मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई कार्यक्रम सञ्चालनका लागि सैद्धान्तिक सहमति दिएको हो। अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाबाट जारी पत्रअनुसार आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको बुँदा नं. ३५२, सर्वोच्च […]
पूरा पढ्नुहोस्
साउथ स्टार विजयले लिए तमिलनाडुको मुख्यमन्त्रीको शपथ
चेन्नई । दक्षिण भारतीय अभिनेता तथा राजनीतिज्ञ विजयले आइतबार तमिलनाडु राज्यको नयाँ मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन् । चेन्नईस्थित जवाहरलाल नेहरू रंगशालामा आयोजित विशेष समारोहमा उनले शपथ लिएका हुन् । समारोहमा उनको परिवारका सदस्य, राजनीतिक नेताहरू, कलाकार तथा समर्थकको ठूलो उपस्थिति रहेको थियो । यससँगै तमिलनाडुले करिब ६ दशकपछि डीएमके र एआईएडीएमके बाहिरको नयाँ सरकार […]
पूरा पढ्नुहोस्
नतिजा प्रकाशन पश्चात यसरी हेर्न सकिन्छ एसईईको नतिजा
काठमाडौं/२७ वैशाख – माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएपछि विभिन्न माध्यमबाट नतिजा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय जनाएको छ । शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रशकाशन गर्ने तयारी सँगै नतिजा हेर्ने सूची सार्वजनिक गरेको हो । कार्यालयले एक सूचना प्रकाशित गर्दै नियमित तथा ग्रेडवृद्धि परीक्षाको […]
पूरा पढ्नुहोस्
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि फिनल्यान्डका महामहिम राजदूत पेट्री पुहाक्काले आज मन्त्रालयमा गर्नुभएको शिष्टाचार भेटवार्ताको क्रममा मन्त्री पोखरेलले फिनल्यान्डसँग शिक्षा क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव राख्नुभएको हो । फिनल्यान्डको शिक्षा विश्वकै उच्च गुणस्तरको मानिन्छ […]
पूरा पढ्नुहोस्
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा दिएका छन् । विवदित व्यवसायी दीपक भट्ट सँग कनेक्सन देखिए पछि उनकाे चाैतर्फि आलोचना भएको थियोे । त्यस पछि पार्टिसँग निरन्तर संवादमा रहेका मन्त्रीले आज प्रधानमन्त्री बालेन शाहलाई भेटगरी राजिनामा दिएका हुन ।
पूरा पढ्नुहोस्
प्राज्ञिकले शिक्षा मन्त्रीलाई बुझायाे शिक्षाको समग्र सुधारका लागि सुझाव पत्र २०८३”
काठमाडौं, वैशाख ३ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपालको शिक्षा प्रणालीमा देखिएका संरचनात्मक, नीतिगत तथा गुणस्तरीय समस्याहरू समाधान गर्न “शिक्षाको समग्र सुधारका लागि सुझाव पत्र २०८३” सरकारसमक्ष सुझावस्वरूप पेश गरेको छ । परिषद्का राष्टिय अध्यक्ष प्राध्यापक डाक्टर दयाराम भुसालको नेतृत्वमा गएको परिषद्को प्रतिनिधि टोलीले नेपाल सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोख्रेलसँग भेट गरी […]
पूरा पढ्नुहोस्







