विश्वविद्यालय शिक्षा

ओडिसाको केआईआईटीमा अर्की नेपाली छात्राको शंकास्पद मृत्यु

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत अर्की नेपाली छात्राको  विहीवार शंकास्पद मृत्यु भएको छ । वीरगञ्जकी १९ बर्षीय छात्रा प्रिसा साह छात्राबासस्थित आफ्नै कोठामा मृत भेटिएकी हुन्। उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । नयाँदिल्लीस्थित नेपाली राजदुताबासका काउन्सिलर सञ्जिब शर्मा दासका अनुसार स्थानीय प्रहरीले उनको आत्महत्या भएको हुनसक्ने आशंका गरेको छ […]

पूरा पढ्नुहोस्

नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका समीर रिजाल निर्वाचित

काठमाण्डौ – नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका समीर रिजाल निर्वाचित हुनुभएको छ । निकटम प्रतिष्पर्धी नेविसङ्घका मोहम्मद प्रबेजलाई ११७ मतले पछि पार्दै रिजाल सभापतिमा निर्वाचित हुनुभएको हो । सचिवमा नेविसङ्घका मनमोहन भट्ट र कोषाध्यक्षमा विधिशा मिश्र निर्वाचित भएका छन् । हिजो भएको चुनावमा एक हजार ६ सय ५३ मत खसेको थियो ।

पूरा पढ्नुहोस्

नेपाल ल क्याम्पसमा आज स्ववियु निर्वाचन

काठमाडौँ । काठमाडौंको प्रदर्शनीमार्गमा रहेको नेपाल ल क्याम्पसमा सोमबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन भएको छ । २०८१ साल चैत ५ गतेका लागि तोकिएको निर्वाचन तोकिएको मितिमा हुन नसकेपछि सोमबार निर्वाचन भएको हो । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले चुनाव गर्नका लागि अदालतमा दिएको निवेदनको सुनुवाइ गर्दै उच्च अदालत पाटनले यथासिघ्र चुनाव गर्न परमादेश जारी […]

पूरा पढ्नुहोस्

शिक्षा विधेयक लागि कांग्रेसले पहलकदमी लिने, महरलाई दिइयो जिम्मेवारी

काठमाडौं– प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले संसदमा रहेको शिक्षा विधेयका बारे पार्टीको आधारिक धारणा बनाउनका लागि गम्भीर छलफल सुरु गरेको छ। अधिकांश कांग्रेस पदाधिकारी र शिक्षा विभागबीच मंगलबार बेलुकी सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले शिक्षा उपसमितिमा छलफलमा रहेको विधेयकका २८ बुँदामा रहेको असहमति  र विधेयक बारे पूर्ण धारणा निर्माण गर्नका लागि आवश्यक समन्वय गर्न […]

पूरा पढ्नुहोस्

त्रिविमा आजदेखी अनलाइनबाटै ट्रान्सक्रिप्ट, हेर्नुस् यस्तो सूचना

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अनलाइन मार्फत प्रदान गर्ने भएको छ । वैशाख २ गते प्रातः ११ः०० बजेदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदनको लागि अनलाइन सेवा सञ्चालन हुने एक सूचनामार्फत जानकारी दिइएको हो । त्रिभुवन विश्वविद्यालयले आफ्‌नै पद्धति तयार गरी Online सेवा कार्यान्वयनको अवस्थामा पुगेको जानकारी गराउँदै २०८२ वैशाख २ गते […]

पूरा पढ्नुहोस्

शिक्षकको पेसागत विकासका लागि हिमालय स्कुल र काठमाडौँ विश्वविद्यालयको सहकार्य

गुणस्तरीय शिक्षा र शिक्षकहरूको निरन्तर व्यावसायिक विकासको गर्ने उदेश्यले हिमालय स्कुल र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनबिच सहकार्य हुने भएको छ । सहकार्यमा शिक्षकहरूलाई उन्नत प्रशिक्षण प्रदान गर्नु, उनीहरूको शैक्षिक सीपलाई सुदृढ गर्नु र प्रभावकारी सिकाइ वातावरण सिर्जना गर्न आवश्यक उपकरणहरूसँग उनीहरूलाई सुसज्जित गरिने रहेको हो । विश्वविद्यालयमा रहेको निरन्तर तथा पेसागत शिक्षा केन्द्र (सिपिइसी) […]

पूरा पढ्नुहोस्

त्रिवि विश्वविद्यालय क्याम्पसमाको स्ववियु सभापतिमा नेविसंघका जोशी विजयी

काठमाडौं । त्रिवि विश्वविद्यालय क्याम्पसमा नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचन जितेको छ । साेमवार भएको निर्वाचनमा नेविसंघका दिपकराज जोशी सभापतिमा निर्वाचित भएका हुन् । उनले ७८९ मत प्राप्त गरेेेर अध्यक्ष पदमा विजयी भएका छन् भने उनका प्रतिद्वन्दी सिद्धान्त भट्टले ७८१ मत ल्याएका छन् । त्रिवि केन्द्रीय क्याम्पस स्ववियु निर्वाचन अध्यक्ष पदकाे अन्तिम परिणाम यस्तो रहेको […]

पूरा पढ्नुहोस्

मध्यपश्चिम विश्वविद्यालयमा मतदान जारी

सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मतदान सुरु भएको छ । सोमबार विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा मतदान सुरु भएको हो । मतदानबाट तीन पदाधिकारीसहित १७ सदस्यीय कार्यसमिति चयन हुनेछ । स्ववियु निर्वाचन कार्यविधिअनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष गरी तीन पदाधिकारी र सात जना सदस्य मतदाताबाट प्रत्यक्ष निर्वाचित हुन्छन् भने सात जना सदस्य समानुपातिक पद्धतिबाट […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालय क्याम्पसमा सुरु भयो मतदान

काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नेतृत्व चयन गर्न मतदान सुरु भएको छ । निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेले बिहान ८ बजेपछि मतदान सुरु भएको जानकारी दिए। यसअघि चैत ८ गतेका लागि तोकिएको निर्वाचन उच्च अदालत, पाटनको अल्पकानील अन्तरिम आदेशका कारण स्थगित भएको थियो । उक्त विवादमा गत शुक्रबार अदालतले अन्तरिम आदेशलाई […]

पूरा पढ्नुहोस्

त्रिवि उपकुलपति बरालले दिए राजीनामा

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएका छन् । उनले शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय पुगेर राजीनामापत्र बुझाएका हुन्। राजीनामा दिएर उनी शनिबार विहानै पोखरास्थित घर गएको त्रिवि स्रोतले जनाएको छ। पछिल्लो समय त्रिविमा निम्तिएका घटनाक्रमप्रति उनी असन्तुष्ट रहँदै आएका थिए भने विद्यार्थीले विभिन्न माग राख्दै दबाब दिँदै आइरहेका थिए। त्रिवि कुलपति रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग […]

पूरा पढ्नुहोस्