विश्वविद्यालय शिक्षा
बौद्ध विश्वविद्यालय अध्ययनमा संसदीय शिक्षा समिति
संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति लुम्बिनी बौद्ध विश्वविद्यालयको अध्ययनमा आएको छ। संसदीय समितिका १० जनाको टोलीले विश्वविद्यालयको विभिन्न निकायहरूको अध्ययन गरेको छ। २०८१ असोज १ गते देवदहस्थित डिन कार्यालय तथा देवदह शिक्षा विकास परियोजना र बुटवल नयाँगाउँस्थित सिटी क्याम्पसको स्थलगत अध्ययन गरेको छ । सो अवसरमा देवदहमा आयोजना गरिएको परियोजना परिचयात्मक कार्यक्रममा बोल्दै […]
पूरा पढ्नुहोस्
मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ। यही भदौ २८ गते शुक्रबारका लागि तय गरिएको निर्वाचन उच्च अदालतमा विद्यार्थीहरूले मुद्दा हालेपछि स्थगित गरिएको हो। साइन्स एण्ड टेक्नोलोजी डिपार्टमेन्टका छैटौँ सेमेस्टरका विद्यार्थीहरूले निर्वाचन अधिकृतको कार्यालयले प्रकाशित गरेको अन्तिम नामावलीमा आफूहरूको नाम नराखिएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए। विद्यार्थी रञ्जित […]
पूरा पढ्नुहोस्
विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडौँ, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न राजर्षिजनक विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज भएको उक्त विश्वविद्यालयको आठौँ साधारणसभा बैठकमा प्रधानमन्त्री एवं कुलपति ओलीले सक्षम जनशक्ति तयारीका लागि देखिएका समस्याको समाधानका लागि संयुक्तरुपमा प्रयास केन्द्रित गर्नुपर्नेमा जोड दिनुुभएको हो । प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास […]
पूरा पढ्नुहोस्
त्रिविले नियम मिचेर परीक्षा लिएका उपाधिलाई समकक्षता नदिने
काठमाडाैँ – त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले आवश्यकता भन्दा कम र बढी परीक्षा लिएका उपाधिलाई समकक्षता नदिने निर्णय गरेको छ। कक्षा १२ को नतिजा प्रकाशन नहुँदै स्नातक तहमा भर्ना लिएको र तोकिएको समयभन्दा पछि परीक्षा लिएको र कम समयमा भर्ना नभई पछि भर्ना भएर एकैपटक एक भन्दा बढी सेमेष्टरको परीक्षा दिएका प्रमाणपत्रलाई समकक्षता नदिने भएको हो। केन्द्रले […]
पूरा पढ्नुहोस्संस्कृत विद्यार्थी दोस्रो राष्ट्रिय सम्मेलन देवघाटमा प्रारम्भ
भदौ २५, तनहुँ । संस्कृत विद्यार्थी दोस्रो राष्ट्रिय सम्मेलनको तनहुँकाे देवघाट धाममा आजबाट प्रारम्भ भएको छ । संस्कृत शिक्षाको राजधानी भनेर चिनिने तनहुँकाे देवघाट धाममा प्राज्ञिक विद्यार्थी परिषद् नेपालले आफ्नो संस्कृत आयामकाेे दाेश्राे राष्ट्रिय संस्कृत विद्यार्थी सम्मेलन आजबाट सुरु गरेको हाे । सन्त समाज नेपालका अध्यक्ष, हरिहर सन्यास आश्रमका पीठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले […]
पूरा पढ्नुहोस्
एमबीबीएस पढाउँदै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा शिक्षा आयोगले एमबीबीएस (चिकित्साशास्त्रमा स्नातक) पढाउन ५० सिट प्रदान गरेको छ । प्रतिष्ठानले पाएको ५० सिटमध्ये ७५ प्रतिशत सिटमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाउनेछन् । जसबाट मधेश प्रदेशका धेरैजसो विद्यार्थी लाभान्वित हुने अपेक्षा छ । एमबीबीएसको पढाइ सुरु हुने भएपछि प्रादेशिक राजधानी जनकपुरधामसहित सम्पूर्ण मधेश प्रदेशको स्वास्थ्य सेवामा […]
पूरा पढ्नुहोस्मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनाव हुँदै
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू)मा ६ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुने भएको छ । विश्वविद्यालयको केन्द्रीय विभाग र एक आङ्गिक क्याम्पसमा २८ भदौमा स्ववियु निर्वाचन तोकिएको छ । सत्ता गठबन्धका नेपाली कांग्रेस र एमाले सम्वद्ध विद्यार्थी संगठनहरुले मित्रवत प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् । माओवादी, एकीकृत समाजवादी र विप्लवको पार्टीले भने मोर्चा […]
पूरा पढ्नुहोस्
अनुसन्धानका लागि एमयु र आइआइटी इन्दोरबीच सहकार्य
काठमाडौं, १९ भदौं-प्राध्यापक तथा विद्यार्थी आदानप्रदान गर्ने उदेश्यले मध्यपश्चिम विश्वविद्यालय, नेपाल र भारतको मध्यप्रदेशमा अवस्थित आइआइटी इन्दोरबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । मध्यपश्चिम विश्वविद्यालय सहकार्य तथा अध्ययन संस्थान सानेपाको बैठक हलमा आयोजित एक कार्यक्रममा दुई संस्थाका प्रमुखबिच समझदारी पत्र आदान प्रदान भएको थियो । उक्त समझदारी पत्रमा मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. ध्रुव […]
पूरा पढ्नुहोस्
परीक्षा आवेदन फाराम खुला
काठमाडौं, १९ भदौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तह तेस्रो वर्ष दोस्रो खण्ड सेमेस्टर परीक्षाको आवेदन फाराम भर्नका लागि सूचित गरेको छ । डिप्लोमा इन इन्जिनियरिङ तर्फका कार्यक्रमहरूको परीक्षा कात्तिक/मङ्सिर महिनामा सञ्चालन हुने भएकोले परीक्षार्थीहरूले परीक्षा आवेदन फाराम भर्न भनेको हो । सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत डिप्लोमा इन इन्जिनियरिङ […]
पूरा पढ्नुहोस्विद्यावारिधि नगरेकाले आफुलाई शिक्षाविद् भन्न नपाइने
काठमाडौं : शिक्षाविद् बन्न चाहने व्यक्तिले विद्यावारिधि उपाधि हासिल गर्नुपर्ने कानूनी व्यवस्था गर्न लागिएको छ। नेपाल विश्वविद्यालय विधेयकले शिक्षाविद्को योग्यता तोकेको हो । सरोकारवालासँग छलफल गरेर संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले प्रतिनिधिसभामा गत बिहीबार पेश गरेको विधेयकको प्रतिवेदनमा योग्यता तोकेको हो । समितिले विधेयकमाथि दफावार छलफल गरेर सुझावसहितको प्रतिवेदन मंगलबार प्रतिनिधिसभामा पेश गरेको हो। बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, विधेयकको […]
पूरा पढ्नुहोस्







