- १७ मंसिर २०७९, शनिबार ०६:५७
पछिल्ला समय चरम भ्रष्टाचार तथा अनियमितताकाे आशंकामा समाचारकाे विषय बनिरहेकाे बुढानिलकण्ठ २ मा रहेकाे केसियल काेलाेनीमा अनियमितता नहाेस् भनेर नेपाली काँग्रेसले मेयर मिठाराम अधिकारीलाई भेटेका छन् । नेपाली काँग्रेसबाट गत स्थानीय चुनावमा मेयर पदमा उप विजेता बनेका विनाेद चालिसेले मेयर अधिकारीलाई भेटेर केसियल काेलनिकाेस बारेमा बाहिर आएको घटनाकाे विषयमा चासाे देखाउदै त्यस विषयकाे कागजपत्र समेत माग गरेका थिए ।
सार्वजनिक जमिन संरक्षणमा विशेष अभियान चलाउन अनुराेध गर्दै चालिसेले मेयरलाई साे अभियान साथ दिने बताउँदै केसियल काेलाेनीलाई स्वीकृति दिने नाममा पछिसम्म असर पर्ने काम नगर्न सुझाएका थिए । मेयर कार्यकक्षमा भएकाे भेटमा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका चालिसेले केसियल काेलाेनीकाे निर्णयले बुढानिलकण्ठमा सार्वजनिक जमिन संरक्षणकाे विषय संका पैदा भएको र यस्तो विषयहरूमा सशत्त प्रती पक्षकाे भूमिकामा उत्रिएर निरन्तर खबरदारी गर्ने बतए । साथै उनले सार्वजनिक जमिन तथा खहरे भडपेर बनेका अनाधिकृत घर टहराहरू खालि गर्नाकका लागि साथ दिने पनि बताए मेयर अधिकारीलाई केसियल काेलाेनीका बारेमा भेट्न चालिसेका साथमा नेपाली काँग्रेसबाट वुनपामा उपमेयरका उम्मेदवार रहेकी रमिला वाग्ले तथा नेपाली काँग्रेस बुनपा २ सभापति जनक थापा, सचिव मनाेज सिग्देल पनि गएकाे चालिसेले शिक्षा संचारलाई बताएका थिए ।










प्रतिकृया दिनुहोस्