- २ कार्तिक २०७९, बुधबार १७:२१
सुर्खेत/१ कार्तिक-नेपाल शिक्षक संघ कर्णाली प्रदेश कार्य समितिले निर्वाचन प्रायोजनका लागि शिक्षकलाई खटाउँदा सम्मानजनक ढंगले व्यवहार गर्न भन्दै ध्यनाकर्षण पत्र पेश गरेको छ ।
राष्ट्रसेवक कर्मचारीहरुको हैसियतले राज्यलाई आवश्यक परेको बखत सहयोग गर्ने प्रमुख दायित्व आम शिक्षकहरुको रहने भएकोले निर्वाचन प्रायोजनका लागि शिक्षकलाई खटाउँदा सम्मानजनक ढंगले व्यवहार गर्न भन्दै ध्यनाकर्षण पत्र पेश गरेको हो ।
समितिले आज निर्वाचन कार्यलयमा मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा कर्मचारीहरुको खटनपठनका क्रममा निर्वाचन निर्देशिका २०७९ को ११ ख र घ मा रहेको प्रावधानले आम शिक्षकहरुको सम्मानमा चोट पुगेको ठहर गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
साथै नेपालको संविधिान २०७२ मा नेपालमा सबै राष्ट्रसेवक कर्मचारीहरु समान रहेको, संविधान सभाको निर्वाचन लगाएत नेपालमा सम्पन्न भएका सबै आम निर्वाचनहरुमा शिक्षकहरुको निर्वाहगरेको भुमिकालाई ध्यनाकर्षण पत्रमा उल्लेख गरिएको छ ।










प्रतिकृया दिनुहोस्