- १ कार्तिक २०७९, मंगलवार २०:२३
कार्तिक-१, स्याङ्जा । नेपाल आदर्श क्याम्पस/मा.वि.को आयोजना एवं प्राज्ञिक विद्यार्थी परिषद् नेपाल स्याङ्जा वालिङ नगर इकाईको समन्वयमा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूलाई बालसंस्कार कार्यक्रम संचालन भएको छ ।
पछिल्लो समय स्कुल कलेजमा अध्ययनरत विद्यार्थीमा अनुशासन, नैतिकता, असल चरित्र निर्माणआदिको सिकाइका साथमा विद्यार्थीहरूले नेपालकाे आफ्नाे माैलिक सनातन संस्कार, मूल्य मन्यता विस्तारै बिर्सिदै गएकाले उक्त संस्कार पुन: जागृत गराउने उद्देश्यका साथ विद्यार्थी परिषद्ले स्कुल कलेजका विद्यार्थीलाई बाल संस्कार कार्यक्रम संचालन गरिएको हाे ।
मंगलबार स्याङ्जा वालिङ्ग नगर इकाईले मुख्य प्रशिक्षक राष्ट्रिय कलाकार/गायक हिरालाल कण्डेलकाे विशेष उपस्थितिमा कार्तिक १ देखि ४ गते सम्म सञ्चालन गर्नेगरि चार दिवसीय बाल संस्कार कार्यक्रमकाे प्रारम्भ भएको विद्यार्थी परिषद्ले जनाएको छ ।
नेपाल आदर्श क्याम्पस/मा.वि.को आयोजना एवं प्राज्ञिक विद्यार्थी परिषद्को समन्वयमा सुरू भएको बालसंस्कार कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय सह संगठन सचिव रमेश कण्डेल, राष्ट्रिय भजन गायक हिरालाल कण्डेल र आदर्श क्याम्पसका क्याम्पस प्रमुख होमकान्त गौतम एवं अन्य शिक्षक वर्ग र कक्षा ६ देखि १२ सम्मका ४५० भन्दा धेरै विद्यार्थीहरूकाे उपस्थितिमा बालसंस्कार कार्यक्रम प्रारम्भ भएको थियोे ।










प्रतिकृया दिनुहोस्