- २८ श्रावण २०७९, शनिबार २०:३३
साउन २८, काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा न ४ काे पुर्व वडा अध्यक्ष एवम् काठमाडौं क्षेत्र नम्बर ५ ख का सभापति राजु खडकाले प्रदेश सभाकाे चुनावमा उम्मेदवारी दिने घाेषणा गरेका छन ।
शनिबार बुढानिलकण्ठ वडा न ७ मा रहेकाेअमु प्रस्थान पार्टी प्यालेसमा नेपाली काङ्ग्रेस काठमाडौं वक्षेत्र नम्बर ५ प्रदेश “ख “द्वारा आयोजना गरेकाे भेट घाट तथा चियापान कार्यक्रमलाई सम्बाेधन गर्दै बुनपा वडा नम्बर ४ का पुर्व वडाअध्यक्ष एवम् क्षेत्र नम्बर ५ ख का प्रदेश सभापति राजु खडकाले बागमती प्रदेश सभाकाे सांसदकाे लागि उम्मेदवारी दिने घाेषणा गरेका हुन ।
२०७४ सालमा नेपाली काङ्ग्रेसबाट बुनपा वडा न ४ मा अध्यक्षमा निर्वाचित भएका राजु खडका बुढानिलकण्ठ नगरपालिका वडा न ४ मा नमुना काम गरेर पार्टि र त्यस क्षेत्रका जनतालाई विश्वास लिएर पार्टि भित्र उदाहरणीय बन्नुकाे साथै अत्यन्तै बाैद्विक , शालिन र क्षमतावान व्यत्तिकाे रूपमा परिचित छन् ।
शनिबार अमु प्रस्थान पार्टी प्यालेसमा आयोजना गरिएको भेटघाट तथा चियापान कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय प्रवक्ता डा. प्रकाश शरण महत प्रमुद अतिथिकाे रूपमा उपस्थिति भई कार्यकर्ताहरू सँग आगामी निर्वाचनकाे विषयमा चर्चा एवम् छलफल पनि गरेका थिए ।
चियापान समारोहमा बुनपा क्षेत्र न ५ का पुर्व सभापति रमेश खडका , वर्तमान सभापति श्याम खडका , जिल्ला उप सभापति गाेकर्ण केसी लगायतका नेताहरूकाे सहभागीता रहेकाे थियोे ।










प्रतिकृया दिनुहोस्