- २५ असार २०७९, शनिबार १७:११
असार २५, काठमाडौं । विनाेद नेपाल स्मृति फाउन्डेसले स्वर्गीय विनाेद नेपालकाे समझनामा वृहत् रत्तदान कार्यक्रम आयोजना गरेकाे छ ।
शनिवार प्रतिनिधि सभाका सांसद एवम् नेपाली काङ्ग्रेसका महामन्त्री माननीय गगनकुमार थापाकाे प्रमुख आतिथ्यमा कपनकाे बालुवाखानि चाेकमा गरेकाे रत्तदान कार्यक्रममा ३६ जनाले रत्तदान गरेका छन् ।
बुढानिलकण्ठ -१० , कपन वालुवाखानिका समाज सेवी एवम् नेपाली काङ्ग्रेसका सकृय कार्यकर्ता गंगादत्त नेपालकाे छाेरा विनाेद नेपाल उच्च शिक्षा अध्ययनका लागि अमेरिका गएको समयमा उतै कार दुर्घटनामा परेर मुत्यु भए पश्चात् उनकाे समझनामा गठन गरिएकाे फाउन्डेसनले २०७७ सालदेखि निरन्तर विभिन्न सामाजिक कार्यहरू गर्दै आईरहेकाे र आज पनि साेही अनुसार वृहत् रत्तदान कार्यक्रम आयाेजना गरिएको कार्यक्रमका संयाेजक एवम् विनाेद नेपाल स्मृति फाउन्डेसनका अध्यक्ष गंगादत्त नेपाललले जानकारी दिनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि माननीय गगनकुमार थापाले विनाेद नेपाल अथाहा उर्जा, प्रतिभा र क्षमता भएको युवा भएको , उसले अमेरिका जानेबेलामा आफू सँग भेटेर धेरै कुराहरू पनि गरेकाे र केही गर्छु भन्ने साेचका साथ अमेरिक पढन जाँदा उतै दुखद निधन भएकोले उनकाे सम्झनामा म आँफै यसकाे सल्लाहकार बनेर विनाेद नेपाल स्मृति फाउन्डेसन गठन गरेकाे बताउनु भयाे । उहाँले याे संस्थाले आगामी दिनहरूमा युवाहरूकाे लागि उदाहरणीय सामाजिक कार्यहरू पनि गर्दै पनि बताउनु भयाे ।
संघिय चुनाव नजिकिदै गर्दा गगन थापाले आफ्नो निर्वाचन क्षेत्रमा आफ्नो सकृयतालाई बढाउदै आईरहेका छन् भने आफ्नाे निर्वाचन क्षेत्रमा देखिएका सानाे सानाे समस्याहरूमा पनि जनतासँग बसेर समाधान गर्न पहल गरिरहेका छन् । साथै उनले यश पटक प्रतिनिधि सभाकाे निर्वाचनमा प्रधानमन्त्री उम्मेदवारी दिने घाेषण पनि गरेका छन् ।










प्रतिकृया दिनुहोस्