- २४ असार २०७९, शुक्रबार २१:२५
असार २४, डडेल्धुरा । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल अमरगढी नगर इकाई समितिको एक दिवसिय अभ्यास बर्ग सम्पन्न भएको छ ।
शुक्रबार डडेल्धुराकाे भिमदत्त बहुमुखी क्याम्पस आयाेजना गरिएको कार्यक्रममा विद्यार्थीहरूलाई प्राज्ञिक विद्यार्थी परिषद् नेपालले गरेकाे कार्य,समाजमा यसकाे आवश्यकता , स्वतन्त्र रहेर सामाजिक गतिविधि गर्ने र राजनीति दल भन्दामाथी रहेर कार्य गर्ने लगायत विषयमा पशिक्षण गरिएको थियोे । उत्त अभ्यास वर्गबाट नयाँ अमरगढी नगर इकाई समिति पनि पुनर्गठन गरिएको र नगर अध्यक्षमा केशव भट्ट र नगर सचिवमा कृष्ण धामी चयन भएको प्रदेश सचिव प्रदिप भट्टले जानकारी दिनु भएको छ ।

कार्यक्रममा डा.योगेस्वर नाथ, परिसदका प्रदेश संगठन सचीव चन्द्र शेखर जोसि ,प्रदेश सचीव प्रदिप भट्ट ,कार्यक्रम संयोजक कल्पना रैकाल,नगर सचीव कल्पना जैसी ,केन्द्रिय सदस्य भरत कैनीको उपस्थिति रहेको थियो ।











प्रतिकृया दिनुहोस्