- १५ जेष्ठ २०७९, आईतवार २२:३३
जेठ १५, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९–८० को बजेटमा शिक्षा तर्फ १ खर्ब ९६ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको घोषणा गरेका छ ।
जसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि ७० अर्ब ५ करोड, प्रदेशका लागि ५ अर्ब, ३२ करोड र स्थानीय तहका लागि १ खर्ब २१ अर्ब १ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको संयुक्त बैठकमा आज प्रस्तुत गरेको बजेटमा घोषणा गरेका हुन् ।
विद्यालय शिक्षासंग सिप भन्ने अभियानका साथ माध्यमिक तह अध्ययन गर्ने विद्यार्थीलाई सिपमुलक पाठ्यक्रम विकास गर्ने सरकारले घोषणा गरेको छ ।
उनले सो बजेट भाषणमा शैक्षिक सत्र सुरु हुनु पूर्व सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीको निशुल्क स्वास्थ्य परीक्षण गर्ने घोषणा गरेका छन् ।
त्यसैगरी आज सार्वजनिक गरिएको बजेट भाषणमा शिक्षामा पहुँच विस्तार, पूर्वाधार निर्माण र गुणस्तर सुधार गरी उत्पादनसील, तथ्यमा आधारित शिक्षा, प्रदेश र स्थानीय तहको सझेदारीमा रोजगारीमुलक जीवनोपयोगी शिक्षा सञ्चालन गर्न विद्यालय शिक्षा क्षेत्र सुधार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् । उनले विद्यार्थीलाई कक्षाकोठैबाट आयआर्जनसंग जोड्ने कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् ।










प्रतिकृया दिनुहोस्