- १५ जेष्ठ २०७९, आईतवार १४:२३
जेठ १५ काठमाडौँ / संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु)को छैठौँ राष्ट्रिय महाधिवेशन शनिबार उद्घाटन भएको छ । नेपाल संस्कृत संघ कालिकास्थान डिल्लिबजारमा जेठ १४ र १५ गते हुने छैठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठबाट गरीएको हो ।
जेठ १४ गते उद्घाटन सत्र र जेठ १५ गते घोषणा पत्र सार्वजनिक गरीने कार्यक्रम तय भएको जनकारी दिइयो । सकेसम्म सर्वसम्मतिमा नेतृत्व चयन गर्नेगरी छलफल भइरहेको समेत जानइएको छ ।
उद्घाटन सत्रमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रम भन्ने वित्तिकै गैँचि र कोदालो खन्नेलाई मात्र नबुझिने भन्दै बौद्धिक श्रमिक पनि यसभित्र पर्ने प्रष्ट पारे । उनले समाजमा निजी विद्यालयहरुको आर्कषण रहेपनि विद्यालयमा पढाउने शिक्षक र अस्पतालमा काम गर्ने नर्सहरु न्यूनतम पारिश्रमिकमा काम गर्न बाध्य रहेको बताए । सरकारले न्यूनतम पारिश्रमिक तोके पनि नपाएको आफुलाई जानकारी रहेको र शिक्षकहरुका समस्यामा छलफल गरेर सम्बोधन गर्न पहल गर्ने बताए ।
साथै, मन्त्री श्रेष्ठले स्कुलका मालीकहरुले यो वर्ष नभए अको वर्ष हुन्छ भनेर काम गरीरहे पनि शिक्षकहरुको त्यसो नहुने भएकाले यस्ता समस्याका बारेमा छलफल गर्न अगाडी बढ्न आवश्यक रहेको बताए । निजी विद्यालयमा काम गर्ने शिक्षक र कर्मचारीको अभिलेख नै नभएको र निजी विद्यालयमा कार्यरत शिक्षकहरुलाई नियुक्तपत्र नदिने गरीएकोले कति वेला जागिर जान्छ कुनै ठेगान नभएको उल्लेख गर्दे यसलाई व्यावस्थापन गर्न खाँचो रहेको भनाई राखे ।
इष्टुका अध्यक्ष होमकुमार थापाले शिक्षकहरुलाई रोजगार दिने संस्थाहरु सामाजिक सुरक्षा कोषमा दर्ता भई तुरुन्त लागु गर्नुपर्ने माग राखेका छन् । यस विषयमा मन्त्रालय देखि सरोकारवाला संगठनहरुसँग र विभिन्न फोरमहरुमा छलफल गरीए पनि अहिलेसम्म लागु नभएको गुनासो गर्दै यसबारे टुंगो लगाइदिन मन्त्री श्रेष्ठलाई आग्रह गरे ।
सरकारले निजी विद्यालय र सार्वजनिक विद्यालयमा कार्यरत शिक्षकहरु विचमा विभेद गरेको भन्दै निजी विद्यालयमा पढाउने शिक्षकहरुले पनि यही देशमा बसेर देश भित्रकै बालबालिकालाई पढाइरहेकोले तालिमको व्यवस्था गर्न आग्रह गरे । निजी विद्यालयका शिक्षकहरुलाई आवश्यक पर्दा विदासमेत नदिने र शिक्षकहरुलाई थर्काउने जागिरको धम्की दिने प्रवृद्धि रहेकोले शिक्षकले पाउने अधिकार समेत हनन् भएको बताए ।
नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले निजी विद्यालयका शिक्षक मात्रै नभएर सार्वजनिक विद्यालयका शिक्षकहरु पनि समस्यामा रहेको बताउँदै नेपाल शिक्षक महासंघले समस्या समाधानका लागि राज्यसँग लडाई लडिरेको जानकारी दिए । उनले विद्यालयमा धेरै खालका शिक्षक भएकोले समान रुपमा रहेका शिक्षक सबै एउटै हुनुपर्ने भनाई राखे ।
त्यसैगरी निजी विद्यालयका शिक्षकहरुलाई विद्यालय सञ्चालकहरुले मन लाग्दा राख्ने र मन नलाग्दा निकाल्ने प्रवृत्ति रहेकाले प्याब्सन र एन-प्याब्सनले यसको व्यावस्थापन गर्नुपर्ने बताए । उनले सरकारसँग गरिएको ५१ बुँदे सम्झौताको स्मरण गर्दै भने “सबैले शिक्षकहरुले आफ्ना मात्र माग राख्छन् भन्छन् । सरकारले शिक्षकहरुको सेवा सुविधाको सुनिश्चित गरोस हामी गुणस्तरीय शिक्षाको ग्यारेन्टी लिन्छौं ।”
दुई दिन बिदाको सावालमा सुवेदीले विश्वमा १०९ देशमा शनिबार र आइतबार बिदा रहेको, १९ वटा मुस्लिम देशमा शुक्रबार र शनिबार बिदा रहेको,तिन देशमा एक दिन विराएर पढाइ हुने गरेको र नेपाल लगायतका १९ देशमा एक दिन र आधा दिन बिदा हुने गरेको जानकारी दिँदै नपालमा पनि दुई दिन बिदा हुँदा केही फरक नपर्ने बताए । उनले पठनपाठन गर्नका लगि अपुग रहेको समयलाई अनवश्यक रुपाम दिइने अन्य बिदालाई घटाएर मिलाउन सकिने भनाइ राखे ।
नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्रराज पौडेलले शिक्षकहरुको समस्या समाधान गर्न वैचारीक शक्ती शिक्षक संघसँग रहेको बताउँदै सँगै हातेमालो गरेर अगाडी बढ्न आग्रह गरे । उनले निजी विद्यालयमा कार्यरत शिक्षकहरुका लागि पेन्सन, सञ्चयकोष पाउनुपर्ने कुरा उठ्न थालेको भन्दै यसलाई स्थापित गर्नुपर्नेमा जोड दिए ।
पौडेलले आइतबार पनि विद्यालय बन्द हुँदा पाठ्यघण्टामा धेरै फरक नपर्ने भन्दै निजी विद्यालयमा र सार्वजनिक विद्यालयमा एउटै प्रावधान हुनुपर्ने बताए । उनले वर्ष भरीमा ५२ आइतबार हरेको मध्ये १२ वटा सार्वजनिक विदा रहेको बँकी ४० वटा आइतबारमा पनि शुक्रबार ३ घण्टा बढी कक्षा सञ्चालन गरेर र पर्व विदा कटाएर मिलाउँदा अझै ६० घण्टा अपुगरहेकोले त्यसलाई मिलाईनुपर्ने बताए ।
प्याब्सनका केन्द्रका अध्यक्ष डिके ढुङ्गानाले निजी द्यिालयमा काम गर्ने शिक्षकहरुका केही समस्या भएपनि अब आन्दोलनका कुरामात्र गरेर केही नहुने र व्यवहार र तरिका बदल्न खाँचो रहेको बताए । प्याब्सनले विद्यालयहरुलाई सामाजिक सुरक्षा कोषमा जाने निर्णय गरीसकेको बताउँदै यसमा पनि केही विरोध आएको जानकारी दिए । साथै निजी विद्यालयमा काम गर्ने शिक्षाकर्मीहरुको अबको बाटो कता र कस्तोहुने भन्ने बारे सोच्नुपर्ने बताउँदै राज्यले सामुदायिक विद्यालयका शिक्षकलाई मात्र नभएर संस्थागत विद्यालयका शिक्षकलाई पनि तालिमको व्यावस्था गर्नुपर्नेमा जोड दिए ।
आइतबार बिदाको सवालमा देशको पछिल्लो अवस्था हेरेर सरकारले गरेको निर्णयलाई प्याब्सनले सहयोग गर्नुपर्ने भन्दै आइतबार विदा गर्ने निर्णय गरेको जानकारी दिए । उनले प्याब्सनले आइतबार बन्द गर्न भनेपछि बहस चलेको र विभिन्न कुरा उठेको बताउँदै यसले आफुलाई कुनै पनि फरक नपर्ने बताए ।
नेशनल प्यब्सनका अध्यक्ष पाण्डव हमालले विद्यालय र शिक्षकको सम्बन्ध नङ मासुको जस्तै रहेकोले शिक्षकहरुको उनन्तिका लागि काम गर्न खाँचो रहेको भनाई राखे । उनले विद्यालय सञ्चालक र शिक्षकहरुको सामिप्यता नबढेसम्म समस्या समाधान नहुने बताए ।
त्यसैगरी एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले ठुला ठुला निजी विद्यालयहरुले शिक्षकहरुको श्रम शोषण गरेको र बढी प्रताडित बनाएको आरोप लगाए । यसका लागि शिक्षक महासंघ सहित सबै एक भएर यसको विरुद्धमा लाग्नुपर्नेमा जोड दिए ।










प्रतिकृया दिनुहोस्