- ६ जेष्ठ २०७९, शुक्रबार २२:०४
जेठ ६, वुटवल । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल वुटवल नगर एकाई समितिकाे आयाेजनामा दुई दिने व्यक्तित्व तथा नेतृत्व विकास तालिम संचालन गरेकाे छ ।
जेठ ५ र ६ गते वुटवल उप महानगरपालिकाकाे अलग/ अलग क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरूकाे उपस्थितिमा दुई दिवसिय जीवन उपयाेगी सीपमा आधारित व्यक्तित्व विकास तालिम वुटवल बहुमुखी क्याम्पसकाे कार्यक्रम हलमा संचालन गरिएको विद्यार्थी परिषद् वुटवलले जनाएकाे छ ।
कार्यक्रममा प्रशिक्षककाे रूपमा रहनु भएका परिषद्का संगठन सचिव नारायण प्रसाद ढकालज्युले विद्यार्थीहरूलाई आत्मजागरण, अनुभूत, सकारात्मक साेचाई, अन्तरवैयतिक सम्बन्ध , निर्णय लिने क्षमता, प्रभावकारी संचारहरूकाे बारेमा प्रयाेगात्मक रूपमा प्रशिक्षण प्रदान गर्नु भएको थियोे ।
वुटवल नगर सचिव गाेविन्द न्याैपानेकाे संयाेजकत्वमा दुई दिन सम्म संचालन भएको कार्यक्रमकाे समापन समाराेहमा वाणिज्य क्याम्पसका सहायक क्याम्पस प्रमुख विष्णुकुमारी जोशी,विद्यार्थी परिषदका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल,प्रदेश संगठन सचिव वावुराम मरासीनी,प्रदेश सचिव त्रिसना खराल, नगरअध्यक्ष मेघनाथ पाैडेल,उपस्थिति रहेकाे थियाे ।

विद्यार्थी परिषद् वुटवल नगर इकाईले विगतमा पनि वुटवल नगरपालिका भित्रका कलेजहरूमा विद्यार्थीहरूका लागि रचनात्मक , सृजनात्मक र सेवामुलक कार्यक्रमहरू संचालन गर्दै आईरहेकाे छ ।










प्रतिकृया दिनुहोस्