- २ जेष्ठ २०७९, सोमबार ०८:०५
नयाँ दिल्ली — लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाखौं भारतीयजस्तै आफू पनि भगवान् बुद्धको जन्मस्थल तथा मायादेवी मन्दिरमा पूजाअर्चना गर्न उत्सुक रहेको जनाएका छन् ।
आइतबार मोदीद्वारा जारी वक्तव्यमा बुद्धको जन्मस्थलमा श्रद्धा अर्पणको मौका पाएर सम्मानित महसुस गरिरहेको उल्लेख गरेका छन् । उनले सोही अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग हुने भेटका लागि पनि आफू उत्सुक रहेको जनाएका छन् । ‘गत महिना प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा हामीबीच उपयोगी कुराकानी भएको थियो; त्यसपछि उहाँसँग फेरि भेट्ने मौकाका लागि उत्सुक छु ,’ उनले भनेका छन्‚ ‘हामी जलविद्युत्, विकास र कनेक्टिभिटीसहित कयौं क्षेत्रमा सहयोगको विस्तारका लागि साझा धारणा निर्माणको काम जारी राख्ने छौं ।’ डेढ महिना अगाडि अप्रिल १ देखि ३ मा देउवाले भारत भ्रमण गरेका थिए ।
छोटो अवधिकै अन्तरालमा मोदीका तर्फबाट ‘रिटर्न’ भिजिट हुन लागेको छ । उनी बुद्ध जयन्तीको अवसरमा मे १६ (जेठ २) सोमबारका दिन लुम्बिनी पुग्दैछन् । मोदीले लुम्बिनीमा मुस्किलले ४ देखि ५ घण्टाको अवधि बिताउने छन् । उनी लुम्बिनीबाटै भारत फर्किने कार्यक्रम छ । प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरको दर्शन, लुम्बिनी क्षेत्रमा निर्माण गरिने इन्डिया इन्टरनेसनल फर बौद्ध कल्चर एन्ड हेरिटेजको शिलान्याश गर्नेछन् । त्यसपछि नेपाल सरकारद्वारा बुद्ध जयन्तीको अवसरमा आयोजित समारोहलाई सम्बोधन तथा समकक्षी देउवाको भेटवार्ता र डेलिगेसन लेभलको बैठकमा मोदीको सहभागिता रहने कार्यक्रम छ ।
प्रधानमन्त्रीका रुपमा मोदीको यो पाँचौं नेपाल भ्रमण हो । उनले प्रधानमन्त्रीको पहिलो कार्यकाल छँदै चारवटा भ्रमण गरेका थिए । दोस्रो कार्यकालले तीन वर्ष पूरा गर्दै गर्दा यो उनको पहिलो नेपाल यात्रा हो । लुम्बिनी भने पहिलो पटक नै पुग्दैछन् । उनले यसअघिका भ्रमणहरूमा पशुपतिनाथ, जानकी










प्रतिकृया दिनुहोस्