- २८ बैशाख २०७९, बुधबार १५:०९
वैशाख २८, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्ले नेपालले देशभर पर्यवेक्षक परिचालन गरेकाे छ ।
वैशाख ३० गते हुन गईरहेकाे स्थानीय निर्वाचन २०७९ काे अवसरमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सयौंकाे संख्यामा देशकाे ५० वटा भन्दा बढी जिल्लाहरूमा चुनावी पर्यवेक्षक परिचालन गरेकाे छ ।
माैन अवधि सुरू भएसँगै राजनीति दलहरूले निर्वाचनकाे आचार संहिता पालना गरे नगरेकाे निगरानी र अनुगमन गर्ने , एक स्वतन्त्र नागरिककाे रूपमा मतदातालाई जागरुक गर्ने र निर्वाचन आयाेगकाे कार्यलाई सहजिकरण र सहयोग गर्ने उदेश्यका साथ देश भर निर्वाचन पर्यवेक्षक परिचालन गरिएको परिषद्ले जनाएको छ ।
देशकाे ७७ वटै जिल्लाका कलेज तथा विश्वविद्यालयहरूमा रचनात्मक कार्यक्रमहरू संचालन गर्दै आइरहेको विद्यार्थी परिषद्ले स्थानीय चुनावकाे मिति घाेषणा गरे सँगै एक महिना अगाडिदेखि मतदाता जागरण अभियान पनि संचालन गर्दै आईरहेकाे छ । परिषद्ले ” हाम्रो मान्छे हाेइन राम्रो मान्छेलाई मतदान गराैँ” , मेराे भाेट माेराे अधिकार -सक्षम र इमानदार व्यत्तिलाई मतदान”, मेराे भाेट न पार्टिलाई न साथिलाई -मात्र सक्षम र इमानदार नेतालाई , भाेट हाल्नु जिम्मेवार नागरिकको कर्तव्य हाे – म त भाेट हाल्दै छु तपाईं नि? जस्ता विभिन्न नाराहरू बनाएर सामाजिक संजाल र आधुनिक प्रविधि मार्फत स्थानीय निर्वाचन २०७९ काे जागरण गरी रहेकाे छ ।
निर्वाचनकाे माैन अवधि सुरू भए सँगै आफ्नाे स्थानीय स्तरम निर्वाचन आयाेगले परिचालन गरेकाे पर्यवेक्षकहरूले राजनीतिक दलहरूले आयाेगद्वारा जारी गरिएको निर्वाचन आचार संहिता पालना गरे नगरेकाे अनुगमन गर्ने र साेही अनुसार तत् तत् क्षेत्रका निर्वाचन अधिकारीलाई सुचित गराउने साथै चुनाव सकिए पश्चात् निर्वाचन अवधिमा देखिएकाे अवस्था र घटनाहरूकाे बारेमा रिपोर्ट बनाएर चुनावमा पर्यवेक्षककाे रूपमा घटिएका पर्यवेक्षकहरूले १५ दिन भित्र बुझाउनु पर्ने हुन्छ ।
त्यसैकाे लागि निर्वाचन आयाेगले यश बर्ष ६७ वटा संस्थालाई चुनावकाे पर्यवेक्षककाे लागि अनुमती प्रदान गरिएको छ ।










प्रतिकृया दिनुहोस्