- १८ चैत्र २०७८, शुक्रबार ०८:२२
चैत्र १८, काठमाडौं । नेपाली बजारमा युराेपेली ब्राण्ड कस्पेटका नयाँ स्मार्टवाच सार्वजनिक भएकाे छ । कस्पेटको आधिकारिक आयातकर्ता तथा वितरक कम्पनी क्रोमा टेक्नोलोजी प्रालिले नेपाली उपभाेक्ताका लागि दुई मोडलमा स्मार्टवाच उपलब्ध गराएकाे हाे ।
यसअन्तर्गत कस्पेट म्याजिक थ्रीएस (Kospet Magic 3s) र कस्पेट ट्यांक एम१ (Kospet Tank M1) स्मार्टवाच बजारमा उपलब्ध छन् । एक वर्षकाे वारेन्टी भएका यी स्मार्टवाच युरोपेली मापदण्ड र स्तरअनुसार उत्पादन भएकाे कम्पनीकाे दाबी छ ।
याे स्मार्टवाचमा आईफोन तथा कुनैपनि एन्ड्रोइड स्मार्टफोनमा कनेक्ट गरेर स्मार्टवाचबाटै सिधै भ्वाइस कल गर्न वा कुराकानी गर्न सकिने फिचर रहेको छ ।
यसमा १.६९ इन्चको टिएफटी डिस्प्ले राखिएको छ भने पावरका लागि २६० एमएएचको ब्याट्री प्याक रहेको छ । कस्पेट म्याजिक थ्रीएस स्मार्टवाचलाई एक पटक चार्ज गरेपछि सात दिनसम्म सजिलै चलाउन सकिने कम्पनीकाे दाबी छ ।
कस्पेटको म्याजिक थ्रीएस स्मार्टवाचमा २० विभिन्न प्रकारका स्पोर्टस मोड छन भने यसले ब्लड अक्सिजन, हर्ट रेट र ब्लड प्रेसर मनिटर गर्न सक्दछ । त्यसैगरी प्रयोगकर्ताको शरिरको तापक्रम नाप्ने सुबिधा समेत रहेको छ ।
स्मार्टवाच आईपी६७ वाटर रेसिस्ट्यान्टसहित आउनेछ । यसको सबैभन्दा महत्वपूर्ण फिचर भनेका ब्लूटूथमार्फत तपाईँले आफ्नो फोनमा कनेक्ट गरेर भ्वाइस कल गर्न सक्नुहुनेछ ।










प्रतिकृया दिनुहोस्