- १२ चैत्र २०७८, शनिबार २२:२३
चैत्र १२, काठमाडौं । कृष्ण हुमागाई ,हिन्दुत्वकाे स्वाभिमान जागरणका लागि देशकाे प्रमुख शहरहरूमा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान संचालन भईरहेकाे छ ।
पुर्व प्रधानसेनापति रूक्माङगत कटवालकाे संयाेजकत्वमा गत भदाैदेखि सुरू भएको अभियानले देशका प्रमुख शहरहरूमा हजारौं प्रबुद्व नागरिकहरूकाे उपस्थितिमा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान कार्यक्रम संचालन गरिरहेकाे छ ।
नेपालकाे अन्तरिम संविधान २०६३ मा हिन्दू राष्ट्र हटाएर धर्मनिरपेक्षतालाई समावेश गरे सँगै नेपालकाे संविधान २०७२ मा नेपाल पुर्ण रूपमा धर्मनिरपेक्षता राष्ट्र घाेषणा भए पश्चात् देशमा हिन्दूत्व र हिन्दू धर्म संस्कृतिमाथि निरन्तर प्रहार भईरहेकाे र धर्मान्तरण बढिरहेको भन्दै विभिन्न हिन्दू संघ संगठनहरूले धर्मनिरपेक्षताकाे खारेजी र हिन्दू राष्ट्रकाे पुन: स्थनपनाकाे लागि माग गर्दै आईरहेका छन् ।
साेही अवसरमा हिन्दूत्वकाे स्वाभिमान जागरणकाे लागि विभिन्न धार्मिक संघ संगठनकाे साझा अभियान हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले गत शनिबार पुर्व प्रधानन्यायाधीश श्रीमान गाेपाल पराजुली , पुर्व प्रहरी महानिरिक्षक अच्युत कृष्ण खरेल र पुर्व प्रहरी अतिरिक्त महानिरिक्षक कल्याण कुमार तिमल्सिनाकाे उपस्थितिमा काठमाडौंकाे राष्ट्रिय सभा गृहमा हिन्दू राष्ट्र जागरणका लागि विशाल प्रबुद्व नागरिक गाेष्ठी सम्पन्न गर्याै । त्यस अभियानलाई निरन्तरता दिँदै देशका प्रमुख शहरहरू विराटनगर, वीरगन्ज, नवलपरासी , भैरहवा, कपिलवस्तु लगायतका शहरहरूमा विशाल जनसहभागितामा हिन्दु राष्ट्र स्वाभिमान जागरणका लागि प्रबुद्व नागरिक गाेष्ठी तथा साहित्य विमाेचन कार्यक्रम संचालन भईरहेकाे छ ।
अभियानमा नेपालका प्रबुद्व र नागरिक समाजका व्यत्तिहरू, पूर्व प्रहरी महानिरिक्षक, अतिरिक्त महानिरिक्षक, न्यायलयका न्यायाधीशहरू, मन्त्रालयका पुर्व सचिवहरू, सेनाका पूर्व जर्नेल,कर्नेल, पूर्व डिएसपी , एसएसबी , धार्मिक गुरूहरू, र सामाजिक व्यत्तिहरू जाेडिएका छन् । साथै उनिहरूले नेपालकाे धर्म संस्कृतिक मासिदैँ गएकाे र राजनीतिक नेतृत्वहरू लाेभ र प्रलाेभनमा परी उनिहरू आफैँ धर्म संस्कृति मास्नका लागि लागिपरेकाे कुरा वताउदै आइरहेका छन् ।
त्यसैका लागि उहाँहरूले अब हिन्दूत्व र नेपाली धर्म संस्कृतिकाे रक्षाका लागि सबै जना एक जुट भएर अगाडि बढनु पर्ने कुरा विभिन्न सार्वजनिक कार्यक्रममाहरूमा बताउदै आईरहेका छन् ।










प्रतिकृया दिनुहोस्