- २५ फाल्गुन २०७८, बुधबार १९:१३
फागुन २४, काठमाडौं : भारतले मधेश प्रदेशका तीन जिल्लामा ग्यास सिलिण्डरलगायतका सामग्री उपलब्ध गराउने भएको छ।
भारत सरकारको आर्थिक सहयोगमा मधेश प्रदेशका सर्लाही, रौतहट र सप्तरी जिल्लाका पिछडिएका घरपरिवारलाई एल.पी ग्यास चुल्हो, ग्यास सिलिण्डर लगायतका सामग्री उपलब्ध गराउन भारतीय राजदूतावास र नेपाल–भारत महिला मैत्री समाजबीच अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत एक समझदारी पत्रमा हस्ताक्षर भएको भारतीय दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ।
भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अर्मत महोत्सव’ अन्तगर्त भारत सरकारको २ करोड ४ लाख ९० हजार अनुदान सहयोगमा तीन जिल्लामा ३ हजारवटा एल.पी ग्यास चुल्हो, ग्यास सिलिण्डर लगायतका सामग्री नेपाल–भारत महिला मैत्री समाजमार्फत उपलब्ध गराइने बताइको छ।
यसअगी भारतले यी तीन जिल्लामा हालसम्म ८७ वटा एम्बुलेन्स र तीनवटा स्कुल बस उपहार स्वरुप प्रदान गरेको भारतीय दूतावासले जनाएको छ।










प्रतिकृया दिनुहोस्