- २१ माघ २०८२, मंगलवार ०७:३५
काठमाडौं । नेपाल प्रथम राष्ट्रिय अभियानले आगामी फाल्गुण २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशका प्रमुख राजनीतिक दलहरू—नेपाली कांग्रेसका सभापति गगन थापा नेकपा (एमाले), नेकपा नेता रामबहादुर थापा बादल, नेकपाका नेता पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीका उप सभापति डिपि अर्याल र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेतृत्वहरूलाई नेपाली युवा तथा समाजका राष्ट्रिय महत्त्वका माग, अपेक्षा र आवश्यकताहरू समेटिएको सुझावपत्र प्रदान गरेको छ।
अभियानद्वारा तयार गरिएको उक्त सुझावपत्रमा शिक्षा, विकास र अर्थतन्त्र, न्याय, राष्ट्रिय सुरक्षा, उद्मशिलता र उद्याेग, विदेश नीति, स्वास्थ्य सेवा र सुशासन र विकासजस्ता विषयलाई प्राथमिकताका साथ समेटेर सुझाव प्रदान गरेको हाे ।
सुझावपत्रमा ती मागहरूलाई सम्बन्धित दलहरूको निर्वाचन घोषणा पत्रमा समावेश गर्न तथा निर्वाचन पश्चात् कार्यान्वयन गर्न आग्रह गरिएको छ।
सामाजिक अभियानमा सकृय नारायण प्रसाद ढकालकाे नेतृत्वमा भेटेकाे नेपाल प्रथम राष्ट्रिय अभियानले लोकतान्त्रिक प्रक्रियामार्फत राष्ट्रिय हित, युवाको भविष्य र समृद्ध नेपालको निर्माणमा राजनीतिक दलहरूको उत्तरदायित्व सुनिश्चित गर्न सुझावपत्र महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नु भएको छ ।
अभियानका प्रतिनिधिहरूले युवाको आवाजलाई नीति निर्माण तहसम्म पुर्याउने उद्देश्यका साथ यस्तो पहल गरिएको बताउँदै आगामी दिनमा पनि राष्ट्रिय सरोकारका विषयमा निरन्तर संवाद र सहकार्य जारी राख्ने जनाएका छन्।










प्रतिकृया दिनुहोस्