- ३१ भाद्र २०८२, मंगलवार २०:०५
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको काम केशरमहल भवनवाट सुरु गरिएको छ।
सिंहदरबारभित्र रहेको मन्त्रालय जेन–जीको आन्दोलनमा आगाजनी र तोडफोड भएपछि सेवा केशरमहलबाट सुरु गरिएको मन्त्रालयले जनाएको छ ।
‘हाल केशर पुस्तकालय (साविकमा शिक्षा मन्त्रालय रहेको, केशरमहल भवनवाट सेवा सुचारू गरिएको र मन्त्रालयको सिंहदबार परिसरमा रहेको भवन मर्मत सम्भार एवं सरसफाईको कार्य सम्पन्न नभएसम्म यसै भवनवाट सेवा प्रवाह हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ मन्त्रालयको सूचनामा भनिएको छ।
सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमति शाखा, शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखा र छात्रवृत्ति शाखावाट प्रदान हुँदै आएको सेवा पुर्ववत स्थानबाटै निरन्तर सुचारू रहेको मन्त्रालयले जनाएको छ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्