- २७ भाद्र २०८२, शुक्रबार १२:०१
रुपन्देहीमा चार दिनयताको जनजीवन सामान्य बनाउन सद्भाव र्याली निकालिएको छ ।
शुक्रवार बिहानैदेखि रुपन्देहीको जनजीवन सामान्य बन्दैछ । बिहान भैरहवामा उद्योग वाणिज्य महासंघ लुम्बिनी, सिद्धार्थ उद्योग वाणिज्य संघ, भैरहवा मर्निङ वार्क ग्रुप, चेम्बर अफ कमर्स, सिद्धार्थ होटल एशोसियनसन, सिद्धार्थ यातायात, लुम्बिनी प्रेस क्लब, सिद्धार्थ सञ्जाल, सिद्धार्थ जेसिज, सिद्धार्थ लेडि जेसिरीजलगायतको सहभागितामा सद्भाव र्याली सम्पन्न भएको छ ।
नेपाल भारत दशगजा बेलहियादेखि बुद्धचौकसम्म ५ किलोमिटर शान्ति पदयात्राले भैरहवा सीमा डर त्रास भगाई, शान्ति र सद्भाव बढाउने अपेक्षा गरिएको छ ।
र्यालीमा जेनजी पुस्ताका युवायुवतीहरू पनि सहभागी भई घुसपैठियाहरुले सरकारी सम्पत्ति तोडफोड गरेको, व्यक्तिका घर र व्यापारिक प्रतिष्ठानमा आगजनी एवम् लुटपाट गरेकोप्रति दुख व्यक्त गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेले सबैको समन्वयमा जनजीवन सामान्य बनाउनुपर्ने बताउँदै तोडफोड र चोरीमा संलग्नताहरूको खोजी भइरहेको जनाए ।
केही समयपछि बुटवलमा पत्रकार महासंघको समन्वयमा बुटवलमा सबै संघसंस्थाको,सहभागितामा सद्भाव र्याली निकालिने जनाइएको छ ।










प्रतिकृया दिनुहोस्