- ८ भाद्र २०८२, आईतवार १८:३१
काठमाडौं, भदौ ८ । निजी विद्यालय सञ्चालकहरूको छाता संगठन प्राइवेट एण्ड बोर्डिङ स्कूल्स अर्गनाइजेशन नेपाल (PABSON), नेशनल प्राइवेट एण्ड बोर्डिङ स्कूल्स असोसिएशन नेपाल (N-PABSAN) र हिमालयन स्कूल्स असोसिएशन नेपाल (HISSAN) ले विद्यालय शिक्षा विधेयक संशोधनका लागि दबाब सिर्जना गरेका छन्।
यी संस्थाहरूले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई आइतबार एकैसाथ ज्ञापन पत्र बुझाएका हुन्।
ज्ञापनपत्रमा निजी विद्यालयलाई ‘पूर्ण छात्रवृत्ति दिनुपर्ने’ र ‘गैरनाफामूलक’ बनाउनुपर्ने प्रावधानलाई ऐनबाट हटाउनुपर्ने माग गरिएको छ। साथै, माग सम्बोधन नभएमा आन्दोलनका कार्यक्रम चरणबद्ध रूपमा अघि बढाइने चेतावनी पनि दिइएको छ।
निजी विद्यालय सञ्चालकहरूले सरकारसँग पटक–पटक संवाद भए पनि माग सम्बोधनमा ध्यान नदिएको भन्दै सडक संघर्ष गर्नुपर्ने बाध्यता आएको प्रतिक्रिया दिएका छन्।











प्रतिकृया दिनुहोस्