- २९ श्रावण २०८२, बुधबार १२:३९
डेटिङ दुई वा दुईभन्दा बढी मानिसहरूबीच एक अर्कालाई चिन्न र बुझ्नका लागि समय बिताउने प्रक्रिया हो। यसमा व्यक्तिहरू एकअर्कासँग भेटघाट गर्छन्, कुरा गर्छन् र सम्बन्ध विकास गरिरहेका हुन्छन्।
प्रायः प्रेम सम्बन्ध सुरु गर्ने, साथी बनाउने, वा भविष्यमा सम्बन्धलाई गहिरो बनाउनको लागि डेटिङ हुन्छ। नयाँ पुस्ताका महिलाले डेटिङलाई फरक नजरले हेर्न थालेका छन्। यसअघिका अनुभवहरूले उनीहरूलाई कसैको प्रस्ताव स्वीकार्ने वा अस्वीकार गर्ने भन्ने बारे नयाँ दृष्टिकोण र बुझाइ दिएका छन् ।
डेटिङ दुई वा दुईभन्दा बढी मानिसहरूबीच एक अर्कालाई चिन्न र बुझ्नका लागि समय बिताउने प्रक्रिया हो। यसमा व्यक्तिहरू एकअर्कासँग भेटघाट गर्छन्, कुरा गर्छन् र सम्बन्ध विकास गरिरहेका हुन्छन्।
प्रायः प्रेम सम्बन्ध सुरु गर्ने, साथी बनाउने, वा भविष्यमा सम्बन्धलाई गहिरो बनाउनको लागि डेटिङ हुन्छ। नयाँ पुस्ताका महिलाले डेटिङलाई फरक नजरले हेर्न थालेका छन्। यसअघिका अनुभवहरूले उनीहरूलाई कसैको प्रस्ताव स्वीकार्ने वा अस्वीकार गर्ने भन्ने बारे नयाँ दृष्टिकोण र बुझाइ दिएका छन् ।
प्रेम सम्बन्धमा आत्मसम्मान, समानता र स्वस्थ सीमारेखा कायम राख्नु अब उनीहरूको पहिलो प्राथमिकता बनिसकेको छ। डेटिङ प्रायः जटिल र चुनौतीपूर्ण हुन्छ नै । तर अनुभवसँगै मानिसले आफूलाई के चाहिन्छ र के चाहिँदैन भनेर सिक्दै जान्छ। हालसालै एक रेडिट प्रयोगकर्ताले प्रश्न सोधे, ‘डेटिङमा पहिले स्वीकार्ने तर अहिले कहिल्यै नस्वीकार्ने कुरा के हो?’ जवाफमा महिलाहरूले राखेका मतहरू हामीले यहाँ प्रस्तुत गरेका छौं । पहिलेका तुलनामा यी जवाफहरू निकै स्पष्ट र आत्मविश्वासपूर्ण छन्।
मुख्य जवाफहरू यस प्रकार छन्:
१. साइलेन्ट ट्रिटमेन्ट : हरेक विषयमा जवाफ दिनैपर्छ भन्ने छैन । मौन उपेक्षा पनि एकप्रकारको शक्तिशाली जवाफ हो । आजकल कतिपयले हुन्छ र हुन्न भन्दा बाहिरै रहेर कसैको प्रस्तावलाई उपेक्षा गरेर पनि जवाफ दिन थालेका छन् ।
२. कम भावनात्मक परिपक्वता : प्रेममा भावनाको अत्यधिक महत्व छ । भावना बिनाको शारीरिक सम्बन्धलाई वेश्यावृत्ति भन्ने चलन पनि छ । त्यसैले आजकल भावनात्मक बुद्धिमत्ता महसुस नहुँदा अस्वीकार गर्ने अभ्यास बढेको छ ।
३. पीडित मानसिकता : संवादको क्रममा ‘तिमी मलाई खराब ठान्छौ?’ भन्ने नकारात्मक प्रतिक्रिया दिने व्यवहार महिलाले अस्वीकार गर्न थालेका छन् ।
४. प्रयासको कमी : सम्बन्धमा बराबरीको प्रयास नगर्ने मान्छेबाट टाढा महिला टाढै हुन रुचाउँछन् ।
५. सानो ‘रेड फ्ल्याग’ बेवास्ता नगर्ने : कसैले रातो झन्डा देखायो भने त्यसलाई व्यंग्यात्मक, कटाक्ष गरेको वा निष्क्रिय आक्रामक व्यवहारको रूपमा लिएर तुरुन्तै चेतावनीको संकेत मान्ने गरेको देखिएको छ ।
६. समय नदिनेसँग दूरी : प्राथमिकता नबन्ने सम्बन्ध अस्वीकार्य हुने भइहाल्यो । समय पाउनैका लागि लामो समय कुर्नेपर्ने अवस्था महिलालाई स्वीकार्य नभएको देखिएको छ ।
७. खराब वित्तीय वा व्यवसायिक निर्णयहरू : स्थायित्व नभएका जोडी अस्वीकार।
८. अघिल्ला सम्बन्धका सिकाइहरू : धोका, अस्वस्थ मानसिक अवस्था, असुरक्षित सीमारेखा, अस्वच्छता, महत्वाकांक्षाको कमी, र जिम्मेवारी नलिने प्रवृत्ति।
९. अत्यधिक मदिरा सेवन : अत्यधिक मदिरा सेवन गर्ने भनेको मानिस मदिराको नियन्त्रणमा हुनु हो । यसलाई यसो भन्न सकिन्छ- मान्छेले मदिरा होइन, मदिराले मान्छे खायो । यस्तोमा मदिराको नियन्त्रणमा रहेको मानिसलाई कसले विश्वास गर्ला ? यस्तोमा महिलाको अस्वीकृति बढी देखिने गरेको छ ।
१०. अनावश्यक आलोचना र प्रतिस्पर्धी स्वभाव : तत्काल आलोचना गरिहाल्ने बानी पनि महिलाले रुचाउँदैनन् । हरेक कुरामा प्रतिस्पर्धा गर्न खोज्ने स्वभाव भएकाहरु पनि उनीहरुको प्राथमिकतामा पर्दैनन् ।
११. अत्यधिक असुरक्षा : लगातार आश्वासन खोज्ने वा अन्यबाट प्रशंसा खोज्नेहरुलाई पनि उनीहरुले मन नपराएको देखिन्छ ।
१२. निर्णय गर्न असमर्थता : हरेक योजना आफूले मात्र गर्नुपर्ने अवस्थामा पनि उनीहरुले सम्बन्धलाई स्वीकार नगरेको देखियो ।
१३. नाइँ भन्दा पनि यौन दबाब : केवल शारीरिक आवश्यकता पूरा गर्न नजिकिने र सुरुमै यही प्रस्ताव गर्नेहरूलाई महिलाले अस्वीकार गर्न थालेका छन् । उनीहरूले यसलाई केवल यौनका लागि दबाबका रूपमा बुझ्न थालेका छन् ।
१४. अस्पष्ट सम्बन्ध अर्थात् ‘सिचुएसनसिप’ मा समय खेर फाल्नु – अस्पष्ट सम्बन्धमा लामो समय अल्मलिनु हुँदैन । स्पष्ट प्रतिबद्धता नभए सम्बन्ध अस्वीकार गरेर अगाडि बढ्नुपर्छ । अन्यथा समयको बर्बादी मात्र होइन भावनात्मक चोट पनि व्यहोर्नुपर्ने हुनसक्छ ।
यी प्रतिक्रियाहरूले देखाउँछ कि धेरै महिलाहरू अब सम्बन्धमा आत्मसम्मान, समानता, र स्वस्थ सीमालाई प्राथमिकता दिइरहेका छन्। उनीहरूका लागि ‘सम्झौता’ भन्दा ‘स्वाभिमान’ महत्वपूर्ण बनेको छ ।
यी अनुभव र धारणाले जीवनशैलीमा ठूलो परिवर्तनको संकेत गरेका हुन्छन् । अब महिलाहरूको लागि सम्बन्ध केवल भावनात्मक आकर्षण मात्र होइन, बरु आत्मसम्मान, आपसी सम्मान र स्वस्थ जीवनशैलीको मेल हो।
यी दृष्टिकोणले देखाउँछ प्रेममा सम्झौता गर्नुभन्दा आफ्नो मूल्य थाहा पाउनु र त्यसलाई कायम राख्नु नै साँचो सशक्तिकरण हो।










प्रतिकृया दिनुहोस्