- २६ श्रावण २०८२, आईतवार १६:१३
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बर बहादुर थापाले नेपालको शिक्षाको स्थिति बिगार्न हामी सबै जिम्मेवार रहेको बताएका छन् । खबर एजुकेशनको आयोजना र लिबर्टी कलेजको सहयोगमा उच्च शिक्षामा तत्काल देखिएका समस्या समाधानका उपाय सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् ।
थापाले हामी सबैले आग्रह/पूर्वाग्रहको भरमा काम गर्ने गरेको उल्लेख गर्दै सबैले आफूले पाएको जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड् दिए ।यसैगरी विश्वविद्यालयहरूमा तालामाथि ताला लाग्नु विडम्बना हो, विरोध अन्य तरिकाले पनि गर्न सकिने बताउँदै उच्च शिक्षा हासिल गरेर भविष्य बनाउने ठाउँमा राजनीति गरेर नेपालीलाई उच्च शिक्षा लिन विदेश जान बाध्य बनाउने परिस्थितिको अन्त्यका लागि सबै मिलेर लाग्नुपर्ने बताए ।
“राजस्वबाट तलब खाएर विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षकलाई तालाबन्दी हडताल गरी नपढाउने छुट दिनुहुन्न । शिक्षा नीति, शिक्षक ऐनहरूमा त्यस्तो गर्ने प्राध्यापक, शिक्षकलाई पनि कार्बाही गर्ने बुँदाहरू समावेश गर्न आवश्यक छ । उच्च शिक्षा सुधारका लागि नीतिगत सुधार नै पहिलो आवश्यकता छ” उनले भने ।
विद्यार्थी नभएका ठाउँमा थुप्रिएर गफ गरेर बस्ने, काम गर्ने प्राध्यापक पदाधिकारीको पनि हातखुट्टा भाँच्ने विद्यार्थी भन्नेहरूलाई पनि संरक्षण गर्ने र नराम्रो राजनीतिको अन्त्य गर्न आवश्यक रहेको उनको भनाई छ । साथै शिक्षा नीतिमा कति वर्षमा नेपालको शिक्षाको स्तर कहाँसम्म पु¥याउने कस्तो बनाउने भन्ने लक्ष्य समेत तय गरेर अगाडि बढ्नुपर्नेमा जोड् दिए ।










प्रतिकृया दिनुहोस्