- २ श्रावण २०८२, बिहीबार १४:०३
काठमाडौं । नेकपा एमालेको आज दिउँसो १ बजे बस्ने बैठकमा ५ एजेण्डामा छलफल हुनेछ । जसमा पहिलो बिषयमा बिधान संसोधनमाथि औपचारिक छलफल हुनेछ । पार्टी प्रचार बिभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उपाध्यक्ष एवम् बिधान संसोधन समितिका संयोजक बिष्णु पौडेलले छलफलका लागि औपचारिक रूपमा बिषय प्रबेश गर्नेछ्न । उक्त प्रश्ताबपछि सदस्यहरूले आ -आफ्नो धारणा राख्ने कार्यक्रम छ ।
त्यसपछि साउन २ र ५ गतेलाइ पूर्वनिर्धारण गरिएको पोलिट्ब्यूरो र केन्द्रीय कमिटीको बैठकको कार्यसूची तय गरिनेछ ।
तेस्रो बिषय भने सरकारको समीक्षा बारे रहेको गौतमले जानकारी दिए । उनका अनुसार एक बर्ष पुरा भएको सरकार बारे सचिवालयबाट राय लिने कार्यसूची छ ।
चौथो बिषय बिधान अधिबेशन तयारी बारे छ भने पाँचौ बिषय बिभागीय कामको संयोजनको रहने प्रचार बिभाग प्रमुख गौतमले जानकारी दिए ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्