- २७ असार २०८२, शुक्रबार २०:२९
सल्यान, असार २७। सेवा र विकासका लागि युवा र प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको संयुक्त समन्वयमा सल्यान जिल्लाको शारदा नगरपालिका–९ स्थित श्री भुवनेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी शैक्षिक सामग्री वितरण गरिएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारी रहनु भएको थियो। साथै, प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल लुम्बिनी प्रदेशका संगठन सचिव मणिराम चौलागाई, वडा नं ९ का वडा अध्यक्ष हेमेन्द्र कुमार बुढाथोकी, नगर शिक्षा शाखा प्रमुख लिलाधर बडाल, नगर लेखा अधिकृत चन्द्र शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर घर्ती, विद्यालयका प्रधानाध्यापक कर्णबहादुर बुढा, सेवा र विकासका लागि युवाका प्रतिनिधि सुरेश पौडेल लगायत अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा १२७ जना विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री (कापी, कलम, झोला लगायत) वितरण गरिएको थियो। विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायको उल्लेखनीय सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।
शिक्षामा पहुँचको अभाव झेलिरहेका ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई टेवा पुर्याउने उद्देश्यले सामग्री वितरण गरिएको आयोजकहरूले जनाएका छन्। यस्तो कार्यक्रमले विद्यार्थीहरूमा अध्ययनप्रतिको रुचि बढाउने विश्वास गरिएको छ।










प्रतिकृया दिनुहोस्