- २४ असार २०८२, मंगलवार १२:२६
काठमाडौं, असार । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले शैक्षिक सत्र २०८२/०८३ मा प्रि–डिप्लोमा तहका विभिन्न कार्यक्रमहरूका लागि वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि अनलाइन आवेदन माग गरिएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालयबाट सञ्चालन गरिने प्रि–डिप्लोमा तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा सरकारी वा सामुदायिक विद्यालयबाट एस.एल.सी./एस.इ.ई उत्तीर्ण गरेका आवेदकहरूका लागि छात्रवृत्ति कोटामा आवदेन माग गरिएको हो ।
शैक्षिक सत्र २०८२/०६३ मा “प्रि–डिप्लोमा तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८२ बमोजिम परिषद्बाट सञ्चालन सम्बन्धन/स्वीकृति प्राप्त आङ्गिक, साझेदारी, टेक्स तथा निजी शिक्षालयहरूमा निर्धारण गरिएका वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा भर्नाका लागि योग्यता पुगेका नेपाली नागरिकहरूबाट २०८२ साउन ११ गतेभित्र परीक्षा नियन्त्रण कार्यालयको आईटिएमएस अनलाईनमा आवेदन फाराम भर्न सक्नेछन् ।
न्यूनतम योग्यता पुगेका आवेदकहरूले अनलाइनबाट आवेदन फाराम शुल्क बुझाई अध्ययन गर्ने कार्यक्रम, प्रदेश, शिक्षालयहरू प्राथमिकीकरण गरी आफू पर्ने वर्गको कोटा समेत छनोट गरी अनलाइन आवेदन फाराम सवमिट गर्नुपर्नेछ । वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा नेपाली नागरिकले कुनै एक प्रदेशको कार्यक्रमका लागि अनलाइन आवेदन फाराम भर्न सक्नेछन् तर प्रतिस्पर्धा सोही प्रदेश स्तरमा मात्र हुनेछ र योग्यता क्रम सूची प्रकाशन तथा भर्ना सिफारिस समेत सोही बमोजिम हुनेछ ।










प्रतिकृया दिनुहोस्