- ७ असार २०८२, शनिबार १०:०५
देवघाट, असार ७ । हिन्दु स्वयंसेवक संघ नेपाल गण्डकी संभागको वार्षिक समीक्षा तथा आगामी वर्षको कार्ययोजना तय गर्न आयोजित दुईदिने वैठक असार ६ र ७ गते देवघाटमा सम्पन्न भएको छ।
बैठकले विगत वर्षका कार्यक्रमहरूको समिक्षा गर्दै आगामी वर्षलाई लक्ष्य गरी विभिन्न महत्वपुर्ण योजना तय गरेको छ।
वार्षिक समिक्षा तथा योजना बैठकमा राष्ट्रिय प्रचारक श्री वेदप्रकाशजी, सेवा प्रमुख डा. कालु शर्मा, गण्डकी संभाग सह संघचालक यदुनन्दन अर्याल, सम्भाग प्रचारक नारायण प्रसाद ढकाल सम्भाग कार्यवाह सागर अधिकारीसहित गण्डकी संभाग अन्तर्गतका विभिन्न जिल्लाबाट आएका दायित्ववान स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
बैठकमा संघले समाज परिवर्तनको दिशामा केन्द्रित ‘पंच परिवर्तन’ अभियान सञ्चालन गर्ने महत्वपूर्ण निर्णय गरेको छ। उक्त अभियानमार्फत सामाजिक, सांस्कृतिक, शैक्षिक, आर्थिक र राष्ट्रिय चेतनामा आधारित पाँच मुख्य क्षेत्रमा परिवर्तन ल्याउने लक्ष्य लिइएको जनाइएको छ।
कार्यक्रममा सहभागी वक्ताहरूले समाज रुपान्तरणका लागि स्वयंसेवकहरूको भूमिकाको प्रशंसा गर्दै संघले सञ्चालन गर्ने आगामी अभियानहरूमा सक्रिय योगदान पुर्याउने प्रतिबद्धता जनाएका थिए।











प्रतिकृया दिनुहोस्