- ३१ जेष्ठ २०८२, शुक्रबार १८:४६
काठमाडाैँ – सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकहरूको तलब बढाउन पहल गर्ने बताएका छन्। बिहीबार नेपाल शिक्षक संघको २४औँ संघीय प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
नेपालको अर्थतन्त्र कमजोर रहेको र अर्थमन्त्रीले पैसा छैन भनिरहेको भन्दै उनले शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकारसँग कुरा गर्ने प्रतिबद्धता जनाए।
‘नेपालको अर्थतन्त्रले पनि धान्नुपर्यो। अर्थमन्त्री भन्छन् पैसा नै छैन। त्यस्तो अवस्था छ। शिक्षक साथीहरु सबैलाई तलब बढाउन परेको छ। यसले पुग्दैन,’ देउवाले भने, ‘समयअनुसार धेरै महंगी बढेको छ। तलबले पुग्दैन। त्यस्तो अवस्था छ। यस्तो किसिमको बाटो निकाल्नुपर्छ हामी सबैले। म पनि सरकारसँग कुरा गरौँला।’
शिक्षकका जायज मागहरुलाई केही हदसम्म भएपनि पूरा गर्ने विश्वास आफूले लिएको देउवाले बताए।सभापति देउवाले शिक्षकहरुले नेपालको राजनीतिक आन्दोलन बाहेक पनि अन्य धेरै विषयमा सहयोग गरिरहेको पनि बताए।










प्रतिकृया दिनुहोस्