- ३० जेष्ठ २०८२, बिहीबार १२:३५
अस्ट्रेलिया र यूकेसँग गरेको अर्बौँ डलरको पनडुब्बी सम्झौतालाई ‘अमेरिका पहिले’ भन्ने अजेन्डा अनुकूल भए नभएको हेर्ने भन्दै वाशिङ्टनले समीक्षा गर्ने बताएको छ।
त्रिदेशीय उक्त सुरक्षा सम्झौतालाई चीनको उदाउँदो शक्तिको जबाफको रूपमा हेरिएको थियो। अस्ट्रेलिया-यूके-यूएस वा छोटकरीमा ‘ओकस’ नाम दिइएको उक्त सम्झौता अन्तर्गत अस्ट्रेलियाले अमेरिकाबाट पहिलो परमाणु रियाक्टरबाट सञ्चालन हुने पनडुब्बी प्राप्त गर्ने थियो।
साथै तीन साझेदारले अत्याधुनिक प्रविधि आपसमा बाँडेर नयाँ नौसैनिक फ्लीट तयार गर्ने थिए।
नयाँ प्रशासनले स्वाभाविक रूपमा पुराना सम्झौता समीक्षा गर्छ भन्दै अस्ट्रेलिया र यूकेले पछिल्लो समाचारबाट धेरै चिन्तित नभएको जनाएका छन्। यूकेले पनि गत वर्ष त्यसको समीक्षा गरेको थियो।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्