- २१ बैशाख २०८२, आईतवार १९:४०
काठमाडौं । माध्यामिक शिक्षा परीक्षा एसईईको उत्तरपुस्तिका परीक्षण सुरु भएको छ। परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)का अनुसार शनिबार परीक्षणको काम सुरु भएको हो।
सबै ठाउँबाट परीक्षणको काम धमाधम भइरहेको छ। शनिबारदेखि नै परीक्षण सुरु भएको हो,’ परीक्षा नियन्त्रक डा.गणेशप्रसाद भट्टराईले भने। उनका अनुसार ५० ठाउँबाट उत्तरपुस्तिका परीक्षण भइरहेको छ। बोर्डले असार पहिलो साता नजिता सार्वजनिक गर्ने तालिका थियो। तर शिक्षकहरूको आन्दोलनका कारण परीक्षणको काम ढिला गरी सुरु भएको हो।
‘शिक्षकहरूले जतिसक्दो छिटो परीक्षणको काम सक्नुहुन्छ। नतिजा त्यति नै छिटो हुन्छ। अब शिक्षकहरूको हातमा छ,’ नियन्त्रक भट्टराईले भने। २० चैतदेखि २९ दिन शिक्षकहरूको आन्दोलनका कारण परीक्षणमा ढिलाइ भएको हो।
एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थीहरू समावेश थिए।










प्रतिकृया दिनुहोस्