- १९ बैशाख २०८२, शुक्रबार २१:४४
काठमाडौं । भरतपुरका युवाहरुलाई लक्षित गरी सीपमूलक तालिम सुरु भएको छ । शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महागनर प्रमुख रेनु दाहालले तालिमको उद्घाटन गर्नुभयो । भरतपुरका १८ देखि ४० मुनिका ४ सय जना युवाहरुलाई विभिन्न १० प्रकारका तालिम दिन लागिएको हो । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय, वागतमी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र भरतपुर महानगरको समन्वयमा सीप परीक्षण सहित ३ महिना अर्थात ३९० घण्टा सञ्चालन हुनेछ ।
तालिमको उद्घाटन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा भौतिक पूर्वाधारको विकास मात्र नभई रोजगारी सिर्जना गर्नतर्फ केन्द्रित रहेको बताउनुभयो । महानगरपालिकाले विगत वर्षहरु पनि वडागत रुपमा ४ हजार बढीलाई तालिम प्रदान गरिएको पनि उल्लेख गर्नुभयो । प्रमुख दाहालले अबको केही दिनमा मागमा आधारित १७ सय जना युवाहरुलाई विभिन्न किसिमको तालिम दिन लागेको जानकारी दिनुभयो ।










प्रतिकृया दिनुहोस्