- ११ बैशाख २०८२, बिहीबार १३:५०
काठमाडौँ – नेपाल शिक्षक महासंघले अफवाह र हल्लाको पछि नलागेर आन्दोलनलाई निरन्तरता दिन आग्रह गरेको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले महासंघको तर्फबाट आएका विषयलाई मात्र पत्याउन आग्रह गरेका छन्।
‘बजार हल्ला र अफवाहमा भर नपर्नुहोला। आन्दोलनमा उत्साहका साथ डटिरहनुहोला। यसपटक नेपाली शिक्षक कर्मचारीले नयाँ इतिहास रच्नु छ,’ सुवेदीले सामाजिक सञ्जालमा भनेका छन्।
सुवेदीले आन्दोलनकै क्रममा आज रक्तदान कार्यक्रम राखिएकाले बढीभन्दा बढी शिक्षकलाई रक्तदान गर्न समेत अनुरोध गरेका छन्।

महासंघको नेतृत्वमा चैत २० गतेदेखि शिक्षकहरूले काठमाडौंमा सडक आन्दोलन गरिरहेका छन्। उनीहरूले माइतीघर-बानेश्वरकेन्द्रित सडक आन्दोलन गरिरहेका छन्। विगतमा आफूहरूसँग भएका सहमतिअनुसार शिक्षा ऐन जारी हुनुपर्ने उनीहरूको एकसुत्रीय माग रहेकाे छ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्