- २८ चैत्र २०८१, बिहीबार २२:२५
टीकापुर बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघ पूरै प्यानल विजयी भएको छ।
नेविसंघका तर्फबाट अध्यक्ष पदका उम्मेदवार किरण साउँदले ६५२ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका गोविन्दप्रसाद भण्डारीले ५४७ मत प्राप्त गरेका थिए । अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार रहेका दिवाशिष जङ्ग थापाले ४२ मत पाए ।
सचिव पदमा पनि नेविसंघकै छविलाल न्यौपाने विजयी भएका छन् । उनले ६१९ मत प्राप्त गरे । नागरिक विद्यार्थी समाजका आशिष चौधरी ५०३ मत प्राप्त गरे ।। सचिव पदमै स्वतन्त्र उम्मेदवार रहेका लोकेश देवकोटाले ८४ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्षमा नेविसंघकी डिम्पल चौधरी ६६६ मत सहित विजयी भएकी छन् भने उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका सुदिप नेपालले ५३० मत पाएका छन् ।
विजयी हुने सदस्यहरूमा सबै नेविसंघ आबद्ध उम्मेदवार रहेका छन् । उनीहरु मध्ये समीक्षा शाहीले ७०३ मत, कुशल जैशीले ६९७ मत, शिशिर तिरुवाले ६९६ मत, आश्मा चौधरीले ७०४ मत, इशान लम्सालले ६५० मत, मनोज धामीले ६५६ मत, धनुषा कुमारी चौधरीले ६६३ मत र शिशिर रावलले ६२४ मत प्राप्त गरेका छन् ।
यहाँले नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन एक्लै निर्वाचनमा होमिएर जित निकाल्दा त्यस विरुद्ध नेकपा एमालेको, नेकपा माओवादी केन्द्रको ,नेकपा एकीकृत समाजवादीको, नागरिक उन्मुक्तिको र विप्लव निकट विद्यार्थी सङ्गठनले तालमेल गरेर निर्वाचनमा होमिएका थिए ।
विद्यार्थी सङ्गठनको संयुक्त प्यानललाई हराउँदै नेविसंघले एकल जित हासिल गरेको हो ।
निर्वाचन समितिका अनुसार समानुपातिक तर्फ नेविसंघले ६८२, अनेरास्ववियुले ३१३, नागरिक विद्यार्थी समाजले १२७ र अखिल क्रान्तिकारीले ११८ मत प्राप्त गरेका छन् । कुल खसेको १ हजार २५४ मत मध्ये १४ मत बदर भएको थियो ।










प्रतिकृया दिनुहोस्