- १६ चैत्र २०८१, शनिबार २०:२४
काठमाडौं । श्रीकृष्ण प्रणामी युवा परिषद् केन्द्रीय समितिकाे आयाेजनामा “स्वास्थ जीवन शैली ” विषयमा आधारित प्रस्तुतिकरण एवम् श्रीकृष्ण प्रणामीकाे आगामी नयाँ वर्ष २०८२ काे भिते पात्राे विमाेचन कार्यक्रम सम्पन्न भएको छ ।

श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्रीकृष्ण प्रणामी मन्दिर श्री नवतनधामकाे ३० ओै वार्षिक महाेत्सव समारोहकाे अवसरमा प्रणामी युवा परिषद्ले विशिष्ट अथितिहरू पाथिभरा आर्युवेदका डा.विपि तिमल्सिना र विद्यार्थी परिषद्का निवर्तमान राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालकाे उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा उपस्थित अतिथिहरूले संयुक्त रूपमा २०८२ सालकाे भिते पात्राे विमाेचन गर्नु भएको थियोे ।
स्वास्थ्य जीवन शैली विषयक कार्यक्रम डा.विपि तिमल्सिनले स्वास्थ्य जीवनशैलीका लागि आफ्नो घरकाे भान्सालाई नै ओैषधालयकाे रूपमा लिएर खान पिनमा ध्यानदिनु पर्ने विषयलाई जाेडदिनु भएको थियोे ।
उहाँले आज हाम्रो जीवनशैली र खान पिन ठिक नभएको कारणले २५ प्रतिशत मुटु सम्बन्धि राेगले ग्रशीत भएको भएकोले यसमा समयमै खानपिनमा सचेत भइयाे भने त्यस्ता राेगबाट बच्न सकिने विषयलाई उपस्थित भक्तजनहरूमाझ बताउनु भएको थियोे ।
त्यसैगरी विद्यार्थी परिषद्का निवर्तमान राष्ट्रिय सचिव नारायण प्रसाद ढकालले स्वास्थ्य जीवन शैलीका लागि विहान सबेरै उठेर स्वास्थ शरिरिका लागि समय छुट्याउनु पर्ने, याेग व्यायाम अभ्यास गर्ने साथै घरमा संस्कार युक्त वातावरण सिर्जना गर्ने जस्ता विषयहरूकाे बारेमा बताउनु भएको थियोे ।

उहाँ बालबालिकाहरूलाई संस्कार सिकाउन अति आवश्यक रहेकोले अभिभावकहरूले त्यस विषयमा समयमै ध्यान दिनु पर्ने बताउनु भएको थियोे ।
कार्यक्रम श्रीकृष्ण प्रणामी युवा परिषदका राष्ट्रिय अध्यक्ष काैसल फुयाल, राष्ट्रिय महासचिव दीपक कार्की, प्रणामी सेवा समितिका अध्यक्ष, युवा परिषद्का सदस्यहरूकाे महत्त्वपूर्ण उपस्थिति रहेको थियोे ।










प्रतिकृया दिनुहोस्