- २४ फाल्गुन २०८१, शनिबार १८:१६
चितवन । प्राज्ञिक विद्यार्थी परिषद्काे दशाैँ राष्ट्रिय अधिवेशनकाे प्रचार प्रसार तीव्र रूपमा अगाडि बढिरहेको छ ।
प्राज्ञिकलेे हरेक दुई दुई वर्षमा गर्ने आफ्नो राष्ट्रिय अधिवेशन यस वर्ष दशाैँ राष्ट्रिय अधिवेशन चितवनकाे भरतपुरमा सम्पन्न गर्न गईरहेकाे छ ।
परिषद्ले सम्पन्न गर्न गइरहेको आफ्नो दशाैँ राष्ट्रिय अधिवेशनकाे प्रचार प्रसार, अर्थ संकलन र अधिवेशन स्थल व्यवस्थापन गायतका कार्यहरूलाई प्रतिनिधि स्वगतकाे लागि तीव्र रूपमा अगाडि बढाइएको विद्यार्थी परिषद्ले जनाएको छ ।
यहीँ चैत्र २, ३ र ४ गते “राष्ट्रिय सुरक्षा, स्ववलम्बन, सुशासनका लागि दशाैँ राष्ट्रिय अधिवेशन” भन्ने मुल नाराका साथ चितवनकाे भरतपुरमा सम्पन्न हुन गइरहेको राष्ट्रिय अधिवेशनमा देशभरकाे १२० भन्दा बढि नगर एकाइ र ६०० भन्दा बढी क्याम्पसबाट १००० भन्दा बढि अधिवेशन प्रतिनिधिकाे उपस्थिति सम्पन्न हुने लक्ष्य लिएको विद्यार्थी परिषद्काे भनाइ छ ।
परिषद् अधिवेशनकाे तयारी र अधिवेशनमा हुने सम्पूर्ण गतिविधिकाे बारेमा फागुन २८ गते बृहत् पत्रकार सम्मेलन पनि गर्न गइरहेको परिषद्ले जनाएको छ ।
देशभरबाट शिक्षक, शिक्षाविद्, विद्यार्थी, शुभचिन्तक र समाजसेवीहरूकाे पनि उपस्थिति हुने अधिवेशनले संगठनकाे आगामी कार्यदिशा रणनीति सँगै महत्त्वपूर्ण विषयहरूमा गहन बहस र छलफल गर्ने याेजना बनाएको छ ।
अधिवेशन प्रचार प्रसारका तस्वीरहरू :











प्रतिकृया दिनुहोस्