- २३ माघ २०८१, बुधबार ०७:४३
काठमाडौँ, २३ माघ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले विभिन्न पदमा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । विश्वविद्यालय अन्तर्गतका विभिन्न निकायका प्रशासनिक प्राविधिक पदहरू बढुवा, आन्तरिक तथा खुला समावेशी, प्रतियोगिताद्वारा पदोन्नति तथा स्थायी पदपूर्ति गर्नका लागि आवेदन माग गरेको हो ।
कर्मचारी नियुक्ति तथा बढुवाको सिफारिस सम्बन्धी विनियम, २०७३ (२०८१ मंसिर २० गतेसम्मको संशोधनसहित) मा भएको व्यवस्था बमोजिम योग्यता पुगेका नेपाली नागरिकहरूबाट माघ २३ गतेदेखि आगामी फागुन १७ गतेसम्म र दोब्बर दस्तुर तिरेर फागुन १८ गतेदेखि चैत ५ गते भित्र आवेदन दिन सकिने जनाएको छ ।
सेवा आयोगको वेबसाइट www.tusc.tu.edu.np मा अंकित अनलाईन एप्लिकेशन मार्फत अनलाइन दरखास्त दिन सकिन्छ । साथै कर्मचारी नियुक्ति तथा बढुवाको सिफारिस सम्बन्धी विनियम २०७३ (२०८१ मंसीर २० गतेसम्मको संशोधनसहित) आयोगको वेबसाइटमा राखिएको जनाएको छ ।










प्रतिकृया दिनुहोस्